आबे इतिहासमै लामो अवधिसम्म प्रधानमन्त्री हुने पहिलो व्यक्ति
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १९:३३:२८
८ भदौं, काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति बनेका छन् । तर कोरोना भाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल भएका छन् । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए ।
अर्को महिना ६६ वर्षमा प्रवेश गर्ने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसकेका छन् ।
स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उनी एक वर्षमात्र प्रधानमन्त्रीमा रहेका थिए । अहिले पनि उनको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उनी दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।
दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिए । उनले भने, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।”
अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताएका थिए । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको समाचारहरु प्रशारण गरेका छन् ।
आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरु प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताउँछन् । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थाल्नु भएको र विगतको जस्तो फुर्तिलोगरी हिँड्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टी किन हार्यो ?
असार २२, २०८१ शनिबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार