‘फ्रन्टलाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : महामन्त्री डा. कोइराला
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार २०:४४:३१
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्टलाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताएका छन ।
उनले आज विज्ञप्ति जारी गर्दै आइतबार नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै वर्तमान अवस्थामा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताए । स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोगविना कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने सरकारलगायत नागरिकले बुझ्नु जरुरी रहेको महामन्त्री डा. कोइरालाले बताए ।
कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल भर्ना गर्नसमेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्याँस्पद भएको बताउँदै महामन्त्री डा. कोइरालाले उक्त निर्णय तुरुन्त सच्याउन सरकारसँग आग्रह गरे ।
उनले आत्मबल बलियो बनाई सामाजिक दूरी कायम गरेर नियमित सरसफाइ र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार