सरकारको अकर्मण्यताका बीच कांग्रेस महाधिवेशन
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार १:९:३
♦ गुरुप्रसाद भट्टराई
पुरै दुनियाँ झैं नेपाल पनि कोराेना महामारीबाट गुज्रिरहेको छ । तयारीको लागि पाएको प्रशस्त समय सरकारको संवेदनहिनताले खेर गएपछि देश संकटउन्मुख हुँदै गैरहेको छ । सारा देश एकिकृत भै कोरोना विरुद्ध लड्नु पर्नेमा सत्तासिनहरु नै एकआपसमा बाझाँबाझ गरेर रमिता देखाए । उनीहरुको ‘लेनदेन’ त मिल्यो होला । बाडिचुडी खादाँ कसले के पाउने, कति पाउने भन्ने हिसाब पनि मिल्यो होला । तर, देशले यस्तो संवेदनशिल समय व्यर्थमा गुजार्यो ।
कांग्रेसका युवा नेता गगन थापाले फाल्गुनको पहिलो हप्ता संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव टेवल गर्दा कोरोना विरुद्ध सँगै लडौं भनि देखाएको अठोटलाई सरकारले वास्ता गरेन । माननीय थापाले कोरोना विरुद्धको लडाइको लागि स्पष्ट मार्गचित्र संसदमा प्रस्तुत गरेको भिडियो अझै पनि भेटिन्छ, सारा जनताले अझै हेरिरहेकै छन् । तर, सरकारले देखेन ।हुनत, कोरोनालाई भयावह बनाएर संकटकालिन खरिद भन्दै ‘थैली भित्र्याउने’ सरकारी योजनामा गगन थापाको प्रस्ताव बाधक थियो होला । तर, जनता जोगाउने त्यो प्रष्ट योजना लागु भएको भए अहिले हामी ‘इटली’ बन्ने यात्रामा भने हुने थिएनौं ।
कोरोनाकै बीच अहिले देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको सन्नीकट छ । आउँदो फाल्गुनमा देशभरिका कांग्रेसजन नेपाली कांग्रेसलाई फेरि चुस्तदुरुस्त बनाउने बहस र योजना निर्माणमा लाग्ने छन् । पार्टीले नयाँ नेतृत्व पाउने छ । नेकपा सरकार यति अलोकप्रिय र असफल हुदाँ पनि हामीले जनतालाई भन्न र बुझाउन सकेका छैनौं । सकेनौं भन्दा पनि बुझाउनै खोजेनौं । किन खोजेनौं ? जवाफ महाधिवेशनको हल मै मागौंला । त्यही बहस गरौंला ।
तर, पार्टी नेतृत्व यदाकदा आफ्नै कमजोरीका कारण जनमानसमा प्रतिपक्ष हो कि कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीको सहयोगी हो भन्ने प्रष्ट नदेखिनु चाँही रहस्यमय पक्कै छ । हो, कोरोनाका विरुद्ध नेपाली कांग्रेस सरकारको सहयोगीको रुपमा रहने हाम्रो घोषित नीति नै हो । यो आजको आवश्यकता पनि हो ।
तर, यसको अर्थ भ्रष्टाचारमा इतिहास कायम गरेको सरकारका अनियमितताको पनि हामीले विरोध गर्न सकेनौं । केही युवा नेताहरुले कडा शब्दमा आवाज निकालेपनि मुलनेतृत्वले त्यस्को जिम्मेवारी बहन गरेको देखिएन । सरकार सञ्चालनमा नेकपा र केपी ओली पूर्ण असफल त भए नै, प्रतिपक्षका रुपमा हाम्रो भुमिका पनि खासै सफल भएन ।
अबको महाधिवेशनमा कांग्रेसले चयन गर्ने नेतृत्वले एउटा पार्टीको भविष्यमात्र निर्धारण गर्दैन, समग्र देशकै विकास र सम्वृद्धिमा प्रभाव पार्ने छ । आफ्ना भ्रष्ट गतिविधि कायम राख्न केपी ओलीलाई कांग्रेसमा फेरी पनि कमजोर नेतृत्व नै चाहिएको छ । त्यसैले कांग्रेसलाई अलोकप्रिय र विभाजित राखिरहन सहज हुने गरि ओलीले साथ दिईरहेका छन् । यसको लागि उनले विभिन्न नियुक्ती र सरकारको दुरुपयोग गर्ने पनि उक्तिकै सम्भावना छ ।
तर, यी कुनै पनि जालझेलले अब कांग्रेसको यात्रामा असर गर्ने छैन, गर्नु हुँदैन । कांग्रेसजनले आउँदो महाधिवेशनबाट बितेको पाच वर्षको क्षतिपुर्ति पनि भराउने गरि नयाँ नेतृत्व चयन गर्ने छन्, गर्नैपर्ने छ । युवा नेताको सोचविचारी जोश र आकर्षणले कांग्रेसलाई देशको नेतृत्व गर्ने ठाउँमा पु¥याउने छ ।
गुमेको पार्टी र देशको साख हामीले फेरी फिर्ता ल्याउन सक्ने गरि युवा नेतालाई पार्टीको बागडोर जिम्मा लगाउदै छौं । अनि महाधिवेशन पछि सरकारका सबै कर्तुत जनता समक्ष छर्लड्ग पारेर ओली राजका लुट समाप्त गर्ने छौं ।
(लेखक भट्टराई नेपाली कांग्रेसका युवा नेता हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार