श्रमिकको समस्या समाधानमा सरकार लाग्नुपर्छ : नेता कोइराला
नेपालबहस संवाददाता
भदौ ९, २०७७ बुधबार ३:३८:३७
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन । नेपाल यातायात मजदूर सङ्घले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तरक्रियामा उनले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताए । नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको भन्दै श्रमिकको समस्याका लागि नेपाल ट्रेड युनियन कांग्रेस निरन्तर लाग्ने बताए । अल इण्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिवगोपाल मिश्रले नेपालका यातायात श्रमिकको समस्या समाधानका लागि भारतीय श्रमिक क्षेत्रको साथ र सहयोग रहने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले कोभिड–१९ का कारण ११ लाख यातायात मजदूरले रोजगारी गुमाउनुपरेको बताए ।
सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ७ का अध्यक्ष केशवराज पन्त सरकारले मजदूलाई वेवास्था गरेको बताएका थिए । भारतीय ट्रेड युनियनका नेता सङ्गम त्रिपाठी र भारतीय ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सचिव महेन्द्र गारतले कोभिड–१९ ले विश्वको यातायात क्षेत्र नै ध्वस्त भएको भन्दै यसको पुर्नजीवनका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले यातायात श्रमिकलाई निःशुल्क बीमा, उपचार र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार