बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तिन हजार बेडको आइसोलेसन तयार गर्ने
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १४:४२:३८
१० भदौ, काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ।नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकालसहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको हो।
सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
उक्त छलफलमा बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षेमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका थिए।
बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिए संगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको सो छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयले आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवादत्ता ब्यक्त गरेका थिए।
सो छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वबिद्यालयका भवन तथा स्थान उपलव्ध गराउने बताएका थिए भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिदै उपत्यका नगरपालिका फोरम बाट पूर्ण सहयोग हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।
लकडाउनमा प्रदेशसभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेश सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउदै छलफलका अन्य वक्ताहरुले संक्रमण पहिचान र परिक्षण स्थानीय तह, आइसोलेसन केन्द्र स्थापना तथा संचालन प्रदेस सरकार र सघन उपचारसहित आवस्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।
सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाल, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौला, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा। खेम कार्की, स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार