‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति, अडियो रेकर्ड बाहिरियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १७:२८:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/beni-comunity-school_DhOQE53jib.jpg)
१० भदौ, काठमाडौं । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो ।
विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो । पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।
परीक्षा हुनुभन्दा तीन घण्टाअघि विद्यालयका प्रअ श्रेष्ठले कार्यकक्षमै बोलाएर परीक्षामा औपचारिकताका लागि मात्र सहभागी भएर बानियाँलाई नियुक्ति हुने वातावरण बनाउन आग्रहपूर्ण शैलीमा धम्की दिएको र शिक्षक बानियाँले अहिलेसम्म पनि ‘टर्चर’ दिएको खत्रीले बताए ।
अडियो रेकर्डमा “बानियाँलाई शिक्षक नियुक्त गर्ने वातावरण बनाएर सहयोग गरिदिन” आग्रहको भाषा कुराकानी शुरु गरेका श्रेष्ठले परीक्षामा सहभागी भएर शिक्षक नियुक्त भए पनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने” भन्दै धम्कीको भाषा प्रयोग भएको छ ।
प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहनाअनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगतदेखिको नजीर रहे पनि आवेदन दिन र परीक्षामा सहभागी हुनबाट कसैलाई वञ्चित नगरिएको बताए तर शिक्षासम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिक विद्यालयमा भएको अभ्याससँग मिल्ने नीतिगत व्यवस्था छैन ।
बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, विषयविज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परीक्षाको नतिजामा बढी अङ्क प्राप्त गरेको आधारमा भएको सिफारिसअनुसार बानियाँलाई शिक्षक नियुक्ति गरिएको व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । प्रतिरोधको भावनाले विद्यालयलाई बदनाम गर्न यो विषय उठाइएको कार्कीको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई पुरक परीक्षाको तालिका सर्वाजनिक
असार १८, २०८१ मंगलबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको एसईईमा शतप्रतिशत नतिजा
असार १५, २०८१ शनिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार