सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै, औपचारिक कार्यक्रम भने नहुने
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १७:४४:३१
१० भदौ, काठमाडौं । नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ ।
संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
अघिल्ला वर्षहरुमा कांग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गरेको थियो । लौहपुरूष गणेशमान सिंहकी धर्मपत्नीसमेत रहेकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ । महिलाको हक, हित र अधिकारका लागि सङ्घर्ष गरेकी उनको २०५३ साल भदौ १० गते निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार