शर्त मानेर विदेश जानुभन्दा नजानु बेश !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २२:१५:६
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-air_xLNpr54nxP.jpg)
१० भदौ, काठमाडौं । सरकारले कोरोनापछि हवाई यात्रा गर्दा शर्तैशर्त राखेको छ । सरकारले नियमित र चार्टर्ड उडान १ सेप्टेम्बरबाट शुरु गर्ने तयारी गरेको छ । दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको वायुसेवा कम्पनीले उडान शुरु गर्न शर्तैशर्त राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका अनुसार उद्धार भएर नेपाल आउने र विदेश जाने यात्रुलाई शर्तैशर्त राखेको हो ।
अब यात्रुले शर्त पालना गर्दा झन्झट उत्तिकै छ भने विदेश जाँदा फेरि संक्रमणको जोखिम पनि बढ्दो छ । सरकारले हवाई उडान भर्ने कम्पनी तथा यात्रुसँग पीसीआर रिर्पोट नेगेटिभ अनिवार्य, सबै यात्रु पीसीआर नेगेटिभ भए घर जान पाइने, अनलाइन फारम अनिवार्य भर्नुपर्ने जस्ता शर्त राखेको छ ।
यस्तै पीसीआर भएको र नभएको यात्रु एउटैमा ल्याउन नपाइने, नियमितमा परीक्षण नगरेका यात्रु ल्याए कारवाही, नेपाली बाहेक विदेशीको हकमा परिचयपत्र अनिवार्य हुनुपर्ने, भिसाको जिम्मा विभागलाई दिने जस्ता शर्त पनि अगाडी सारिएको छ ।
यस्तै पहिलोपटक विदेशबाट आउनेलाई नियुक्ति पत्रबाट छूट, स्वास्थ्यको मापदण्ड अनिवार्य जस्ता शर्त राखिएको छ । यसले कोरोना महामारी सुरक्षा सतर्कता बढाएको छ भने कोरोना फैलिन नदिने सरकारको विश्वास छ । तर यति धेरै शर्त मानेर, कतिपय पालना गर्न नसकिने अवस्थामा विदेश गएर संक्रमणमा पर्नुभन्दा विदेशै नजानु बेश भन्ने धारणा नागरिकको आउन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार