सप्तरीका थप तीन बिरामीलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २३:३:५६
◊ धीरुभाइ
१० भदौ सप्तरी । सप्तरीका थप तीन जना बिरामी पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको छ । जिल्ला बाहिर एक अस्पतालमा उपचाररत ती बिरामीहरुमा कोरोना पाइएको हो । यससँगै जिल्लाको संक्रमितको संख्या ७३७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ५ का ३१ वर्षीय पुरुष, सुरुङ्गा नगरपालिका वार्ड नम्बर १ का ६० वर्षका पुरुष र राजविराज नगरपालिका वार्ड नम्बर ५ का ५५ वर्षीय पुरुष विरामीमा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
गत ७ गते नै उनीहरुको वीपीमा गरिएको स्वाब परीक्षणको रिपोर्टमा पोजेटिभ आएको उनले बताए । सुरुङ्गाका सर्जरी वार्ड र राजविराजका मेडिसिन वार्डमा उपचाररत रहेको बताए । अर्को एक जनाको भर्ना भएको वार्ड रिपोर्टमा नखुलेको छैन । यससँगै सप्तरीको धरानमा उपचाररत संक्रमति विरामीको संख्या पाँच पुगेको छ ।
जिल्लामा ५४१ जना डिस्चार्ज
कूल संक्रमितमध्ये हालसम्म ५४१ जना निको छन । राजविराज स्थित सञ्चालित कोभिड अस्पतालको आइसोलेसन केन्द्र र तिलाठी कोइलाडी गाउँपालिकाको आइसोलेसन केन्द्रमा १३ जना सहित १९१ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले बताए ।
अस्पतालका ११ स्वास्थ्यकमी संक्रमित
हालसम्म राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीहरु पनि कोरोना भाइरस संक्रमणको चपेटमा परेको छ । अस्पतालका कन्स्लटेन्ट एक, पारामेडिक आठ, नर्स एक, स्वीपर एक गरी ११ जनामा हालसम्म कोरोना संक्रमण भएको सो अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले जानकारी दिए ।
संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये सात जना निको भइसकेका छन भने चार जनाको अझै आइसोलेनमा उपचाररत रहेको उनले भने अस्पतालको इमरजेन्सी वार्डमा पाँच दिनमा पाँच जना विरामी संक्रमित भेटियो । स्वास्थ्यकर्मीहरु पनि संक्रमित भयो तर, एक दिनपनि सेवा अवरुद्ध नगरी अस्पताल सञ्चालनमा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार