प्रम ओली विश्व बैंकको दवाब झेल्छन् तर भ्रष्टाचारीलाई कारवाही गर्दैनन् : कमल थापा
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २३:१:४३
१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बैंकको दवाब झेलेको तर भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको प्रति संकेत गदै राप्रपा अध्यक्ष कमल थापाले आज एक ट्वीट गरेका छन् ।
विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचार बारे राप्रपाका अध्यक्ष थापाले भ्रष्टाचारीलाई कारवाही नगरी प्रधानमन्त्री निरिह र कर्तव्यविमुढ भएको आरोप लगाएका हुन् ।
आज अध्यक्ष थापाले सामाजिक संजालमा लेखेका छन् “कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालीबेली सार्वजनिक गरिएको छ । विश्व बैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भईरहेको ब्रम्हलुटको किन छानविन हुँदैन ? प्रधानमन्त्री किन निरीह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?” भनि प्रश्न गरेका छन् ।
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको चरम रुप विश्व बैंककै छानबिनले उजागर गरेको थियाे । अनियमितताको सांगोपांगाे चित्र देखाएको विश्व बैंकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार