प्रदेश नं १ मा १०८ सङ्क्रमित थपिए
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २३:४६:१५
१० भदौ, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा महिला ३६ र पुरुष ७२ जना छन् । जसमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एकएक जना छन् भने प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तपिएका सङ्क्रमितमा पछिल्लो २४ घण्टामा विराटनगरमा ४३ जनामा सङ्क्रमण देखिएको हो । जसमा १३ महिला र ३० पुरुष छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार मोरङको बुढीगंगामा तीन महिला, एक पुरुष र सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्ला बाहिर सङ्क्रमितमा सुनसरीको इटहरीमा पाँच महिला नौ पुरुष, इनरुवामा एक महिला तीन पुरुष, बर्जुमा एक महिला दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा छ महिला नौ पुरुष र गौरीगञ्जकी एक महिलामा सङ्क्रमण देखिएको हो ।
यस्तै तेह्रथुमको म्याङलुङमा चार महिला चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक महिला पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४० पुगेको छ भने उपचार भएर घर फर्केकाको सङ्ख्या एक हजार ३८५ पुगेको जनाइएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८१ जना कोरोनाको सङ्क्रमण मुक्त भएर घर फर्केको बताइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३५७ जनाको पीसीआर परीक्षण भइ हालसम्ममा ८२ हजार १०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार