सानिमा बैंकको मुनाफामा पहिरो, खराब कर्जा ५०० प्रतिशतले बढ्यो
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
भदौ ११, २०७७ शुक्रबार ०:२४:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/sanima-bank-bahas_AisKs0s8sP.jpg)
११ भाद्र, काठमाडाैं । गैह्रआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित सानिमा बैंक सन् २००४ मा विकास बैंकका रुपमा स्थापित भई सन् २०१२ मा राष्ट्रिय स्तरको बाणिज्य बैंकका रुपमा सञ्चालन भएको हो । खास गरी एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने यस बैंकका हर्ताकर्ता हुन् । यति लामो अवधिसम्म पनि देशभरका जम्मा ७९ शाखा र १५ एक्टेन्सन काउन्टरबाट मात्र सेवा प्रवाह गर्दै आएको यो बैंकले यसपछि स्थापना भएका बैंकहरुले जति पनि प्रर्फमेन्स देखाउन सकेको छैन् ।
उर्जा र पर्यटन क्षेत्रमा आफ्नो दक्षता भएको भन्दै सोही क्षेत्रमा जोखिमपूर्ण कर्जा प्रवाह गर्दै आएको सानिमा बैंकले लगानीकर्ताहरुलाई सोचे अनुरुपको प्रतिफल पनि दिन सकेको छैन् । एनआरएनको ट्यागले मात्रै बैंक जसोतसो चलिरहेको देखिन्छ । सानिमा बैंकले गत आर्थिक वर्ष ०७६/७७ मा त्यति राम्रो वित्तीय विवरण निकाल्न सकेको छैन् । नाफामा पहिरो आएको छ भने वितरण योग्य मुनाफालाई हेर्दा लगानीकर्ताहरु जिल्लाराम हुने अवस्था देखिएकाे छ ।
नेपाल बैंकर्स संघका अध्यक्षले हाँकेको यो बैंकले कोरोना महामारीका कारण राष्ट्र बैंकले प्रोभिजनिङमा धेरै सहुलियत दिँदा पनि वितरणयोग्य मुनाफा र अन्य वित्तीय सुचकहरुमा सुधार गर्न सकेको छैन् । जबकी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुसमसान्तसम्म असल वर्गमा वर्गीकरण भएका र पुसपछि प्रवाह भएका कर्जालाई बैंकहरुले असल कर्जामा राखेर एक प्रतिशत मात्र प्रोभिजनिङ गरे हुने व्यवस्था मिलाएको छ । त्यस्तै असल वर्गमा गणना भएका तर भाका नाघेको अवधिको आधारमा तल्लो वर्गमा वर्गीकरण गर्नुपर्ने कर्जाहरुको लागि कम्तिमा ५ प्रतिशत कर्जा नोक्सानी कायम गर्नुपर्ने छ।
संचालक समिति:-
बैंकहरुले असल ऋणको हकमा एक प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ। जबकी बिगतमा सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० र खराबमा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्थापा गर्नुपर्ने व्यवस्थाबाट यसपटक बैंक तथा वित्तीय संस्थाहरु मुक्त हुँदा पनि राम्रो मुनाफा देखाउन नसक्नुले सीईओ तथा उच्च व्यवस्थापनको गम्भीर कमजोरी र लापरवाही देखिन्छ ।
राष्ट्र बैंकले कर्जाको वर्गीकरण र त्यसको जोखिम व्यवस्थापनमा छुट दिएकाले यसपाली बैंकहरुको अवस्था ठिक हुनु पर्ने हो । त्यो छुट नदिएको भए पाे बल्ल प्रोभिजनिङ अझै बढेर जाने थियो र कर्जा नोक्सानीवापत करोडौ रुपैयाँ छुट्टाउँदा बैंकको मुनाफा र वितरण योग्य मुनाफा कम देखिनु पर्ने हो ।
सानिमा बैंकको संचालक समितिको अध्यक्षमा विनयकुमार श्रेष्ठ र संचालक समितिको सदस्यहरुमा टुकप्रसाद पौडेल, गायत्री थापा, भरतकुमार पोखरेल, महेश घिमिरे र बलराम पराजुली छन् । बैंककाे उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल रहेका छन् ।
बैंकले सोचे अनुरुप प्रर्दशन गर्न सकेको छैन । केही समय अघि आक्रामक रुपमा बजारमा प्रवेश गरे तापनि अहिले आएर भने त्यो अनुरुप प्रदशन गर्न बैंक व्यवस्थापन असफल भएको छ । कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा २५ प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा मात्रै गर्नैपर्ने राष्ट्र बैंकको नियमलाई यो बैंकले कागजमा मात्रै पूरा गर्ने गरेको देखिएको छ । बेला बेला विवादमा आईरहने यो बैंकले गत बर्ष थ्री इन वान सानिमा खाताको नाममा ‘नेपालकै पहिलो पटक शेयर खरिद तथा बिक्री अब एक क्लिक टाढा’ भनी बैंकले अनुमति नै नपाएको सेवा प्रवाह गर्ने भन्दै भ्रमपूर्ण विज्ञापन गरी सर्वसाधारणलाई झुक्याउन खोजेको थियो ।
सीईओ दाहाल तथा कर्मचारीहरू:-
पछि नियामक निकायहरुले छानविन थालेपछि बैंकले ‘थ्री इन वान खाता’को विज्ञापन गर्ने नाममा झूठको खेती गरेको स्वीकार गरी त्यसमा सुधार गरेको थियो । बैंकले खुलेआम गैरकानूनी सेवाको बिषयमा लाखौं खर्च गरेर विज्ञापन गरिरहेको विषयको उठान भएपछि नियामकले उसलाई विज्ञापनमा भएको झूठको खेती सच्याउन चेतावनी दिएका थिए । नियामकको चेतावनी र बैंक स्वयम्को झूठको खेती पर्दाफास भएसँगै पुरानो विज्ञापनमा उसले सुधार गरेको थियो । यस्ता दर्जनौं काण्डहरु सानिमा बैंक भित्र घट्ने गरेका छन् ।
सानिमा बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा पहिरो :
सानिमा बैंकको खुद मुनाफामा ठूलो गिरावट आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले जम्मा १ अर्ब ७० करोड मात्र खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब २५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा २५ प्रतिशतको गिरावट आएको छ ।
✍ प्रमुख आम्दानीको श्रोतमा नगन्य वृद्धि
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा नगन्य वृद्धि देखिएको छ । अघिल्लाे आर्थिक वर्ष ०७५/७६ मा ४ अर्ब २० करोड खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७६/७७ मा बैंकले ४ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेको छ ।
कम्पनीले जोखिम वापत ८८ करोड ३४ लाख व्यवस्थापन गर्नुपरेको छ । अघिल्लाे आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्ममा बैंकले २१ करोड ८२ लाख मात्र व्यवस्थापन गरेको थियो । यसरी जोखिम बापत धेरै रकम व्यवस्थापन गर्नु पर्दा बैंकको खुद मुनाफामा गिरावट आएको हो । समिक्षा अवधिमा संचालन मुनाफा पनि २५ प्रतिशतले कम हुँदै २ अर्ब ४१ करोड पुगेको छ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ८ अर्ब ८० करोड रहेको छ । चुक्ता पुँजीमा १० प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा २५ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी ३१ प्रतिशतले कम हुँदै १९ रुपैयाँ ३५ पैसामा झरेकाे छ ।
✍ मूल्य आम्दानी अनुपात १८ गुणा :
कम्पनीको दोश्रो बजारमा भाद्र १० गतेको बजार मूल्य ३५६ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १८ दशमलव ३९ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपात अलिकता महँगो नै हो ।
✍ संचित मुनाफा घट्यो र जगेडा कोष बढ्यो :
बैंकको संचित मुनाफा ३६ प्रतिशतले कम भएर १ अर्ब ११ करोड पुगेको छ भने जगेडा कोष २६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ८२ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन २० प्रतिशतले वृद्धि हुँदै १ खर्ब ६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११ प्रतिशतले वृद्धि हुँदै ९० अर्ब ५६ करोड पुगेको छ ।
✍ खराब कर्जा वृद्धि :
खराब कर्जा ५०० प्रतिशतले वृद्धि हुँदै शुन्य दशमलव ४८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ०८ प्रतिशत थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ३ दशमलव ४७ प्रतिशतमा सिमित छ ।
कम्पनीको सीसीडी अनुपात भने ७४ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ८ दशमलव ६२ प्रतिशत पुगेको छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
बैंकले १ अर्ब ७० करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा १ अर्ब ११ करोड बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा १२ प्रतिशत मात्र रहेको छ । शेयर प्रिमियम शिर्षकमा रकम छैन ।
निस्कर्ष:
यसरी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा बजार मूल्य धेरै हुँदा मूल्य आम्दानी अनुपात १८ गुणा माथि रहेको छ । यसले कम्पनीको बजार मूल्य आम्दानीको तुलनामा निकै धेरै रहेको देखिएको छ ।
प्रमुख आम्दानीको श्रोतका रुपमा व्याज आम्दानी नगन्य वृद्धि हुँदा संचालन मुनाफा पनि धरै नै घटेको छ । वितरण योग्य मुनाफा कम हुँदा लगानीकर्ताले निकै कम प्रतिफल पाउने सम्भावना छ ।
नोट : वित्तीय विवरणको आधारमा गरिएको विश्लेषण हेरे पश्चात पुन: अध्ययन गरेर लगानीको निर्णय लिनु होला । यो विश्लेषण पूर्ण नहुन पनि सक्छ। लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार