“तीज २०२०” फोटो कन्टेस्टको नतिजा सार्बजनिक, फर्स्ट रनरअपको उपाधि ब्रोनालाई
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार २०:२७:२४
११ भदौ, ईटहरी । एल एन्ड सी मोडल एजेन्सीद्वारा तीजको अवसर पारेर आयोजना गरिएको “तीज २०२०” फोटो कन्टेस्टको नतिजा सार्बजनिक गरिएको छ । फेसबुकमा लाईभ कार्यक्रम गरि नतिजा सार्बजनिक गरिएको हो । उक्त कन्टेस्टको बिजेता मोरङको बिराटचोक निवासी ब्रोना श्रेष्ठ हुन सफल भईन भने फर्स्ट रनरअप ईटहरीकी कृषा गिरि र सेकेन्ड रनरअप ईटहरीकै रेश्मा लिम्बू हुन सफल भए ।
प्रतियोगिताको बिजेताले नगद १० हजार, ट्रफी तथा प्रमाण पत्र, फर्स्ट रनरअपले नगद ८ हजार, ट्रफी तथा प्रमाणपत्र र सेकेन्ड रनरअपले ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यस्तै उक्त कार्यक्रमबाट सब-टाईटल बिजेताहरु पनि घोषणा गरिएको छ । जस अन्तर्गत लिला दाहाल ‘अनु’ले बेस्ट फोटोजेनिक, शोभा भट्टराई ‘मौसम’ले बेस्ट स्माईल, सुबिना गिरिले ब्युटिफुल गर्ल, पुनम चौधरीले ग्ल्यामर, सिर्जना मगरले बेस्ट ड्रेसअपको अवार्ड हासिल गरे ।
कोरोनाले निम्त्याएको महामारीका कारण तत्कालै पुरस्कार बितरणको कार्य भने गर्न नसकिएको एजेन्सीका सीईओ दीपक गिरिले बताए । उनका अनुसार कोरोनाको प्रभाव कम हुदै गए पछि ईटहरीमै एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिने छ । तीज सुरुहुनु करिब १ महिना अघिबाट सुरु गरिएको प्रतियोगीताको कार्य अन्य फोटो कन्टेस्ट भन्दा भिन्न शैलीबाट गरिएको थियो ।
फारम भराएर कम्पनिकै तर्फबाट फोटोसुट गरि सोही फोटोलाई प्रतिष्पर्धामा राखिएको थियो । एल एन्ड सी मोडल एजेन्सी कै फेसबुक पेजबाट भएको प्रतिष्पर्धामा १७ जनाको सहभागीता रहेको थियो । उक्त पेजमा प्रतिष्पर्धीको फोटोमा आएको लाईक र शेयरको आधारमा बिजेता घोषणा गरिएको हो भने सब टाईटल भने आयोजकको निर्णयको आधारमा गरिएको हो । प्रतियोगिताको कोअर्डिनेटर संगीता चौधरी र मिडिया कोअर्डिनेटर तथा कन्सेप्ट क्रियटर सुवास श्रेष्ठ संकल्प रहेका थिए । प्रतिष्पर्धिको फोटोहरुलाई डिथ्री फोटोग्राफीले खिचेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार