करेक्सन र सामान्य प्रतिरोध क्षेत्रमा बजार ! प्राविधिक बिश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
भदौ ११, २०७७ बिहिबार २३:१:४
भाद्र ११, काठमाडाैं । केही कारोवार दिनदेखि निरन्तर वृद्धि भएको शेयरबजारमा आज भने ४ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शुन्य दशमलव २७ प्रतिशतले घटेको छ । आज १८८ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ९८ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम केही घटेको छ ।
बजारमा करेक्सन हुँदा कारोवार रकम कम हुनुलाई बिक्रीकर्ता त्यति आत्तिएको अवस्था नरेहेको बुज्न सकिन्छ । नेप्से परिसूचक ४ अंकले घट्दै १४५८ दशमलव ०४ को विन्दुमा बन्द भएको छ । बजारले १४७५ को विन्दुलाई तोड्नु अहिलेको मुख्य लक्ष्य रहेको छ । १४७५ माथि बजार केही समय स्थिर भएमा बजारले १५५० को यात्रा तय गर्ने र १५५० चाँही अहिलेको बजारको मुख्य प्रतिरोध रहेको छ।
आज बजार १४६७ दशमलव ०८ को विन्दुमा खुलेकोमा बजारले ११ बजेर ४ मिनेटमा १४७२ दशमलव ७३ को उच्च विन्दुसम्म पुगेको थियो । त्यस्पश्चात भने बजारमा बिक्रीकर्ता हावी भएका थिए । बजारले २ बजेर ५३ मिनेटमा १४५४ दशमलव ९६ को न्यून विन्दु समातेको थियो ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड १२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट , दिव्यश्वरी हाईड्रोपावर, शिवम सिमेण्ट्स ,कालिका पावर र नबिल ब्यालेस्ड फण्ड-२ सर्वाधिक कमाउने ५ शेयर हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, रसुवागढी हाईड्रोपावर, विशाल बजार कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५५० । प्रतिरोध १ः १४७५ । टेवा १ः १४३० । टेवा २ः १४१०
✍आज शेयर बजारमा लगानीकर्ताहरुले नाफा सुरक्षण गरेवापत बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजार थोरै अंकले घटेको र आजको परिमाणले बजारमा विक्रेताको केही चाप रहेको जानकारी दिएको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६१ दशमलब ०९ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा आज विक्रेताको चाप रहे पनि बजार घटिहाल्ने संकेत गरेको छैन।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा आज विक्रेताको चाप रहेको जानकारी दिएको छ।
✍ यदि बजार १४७५ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को मुख्य प्रतिरोध १५५० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार