राष्ट्रिय विज्ञान दिवसमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता गरिने
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार ०:२३:३३
११ भदौ, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी ‘नासो’ ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहका अवसरमा राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
राष्ट्रिय विज्ञान दिवस आगामी असोज १ गते एवं विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४ देखि १० तारेखका लागि आजदेखि आवेदन खुल्ला गरेको छ । विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित कार्यक्रममा इच्छुक विद्यार्थीले असोज १, २०७७ सम्म सोसाइटीको वेइभसाइट मार्फत् आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार, रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा आवेदन दिनका लागि सोसाइटीको वेभसाइट www.nepalastronomicalsociety.org/spaceweek बाट फारम भर्न सकिने छ । कार्यक्रम सम्बन्धी थप जानकारी चाहिएमा सोसाइटीको मोबाइल नं.९८४३७०८२४८ मा सम्पर्क गर्न सकिने अध्यक्ष भट्टराईले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार