लोडसेडिङ अन्त्य गर्ने कोइराला सरकार, जस लिन खोज्नेको तँछाडमछाड
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार २:४३:५७
११ भदौ, काठमाडौं । मंगलवार साँझ एक्कासी हल्ला फैलियो– कुलमान घिसिङलाई सरकारले फेरि चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणमा नियुक्त ग¥यो । अनि सामाजिक सञ्जालमा यसको प्रभाव छताछुल्ल हुन थाल्यो ।
धेरैले कुलमानको पुनर्नियुक्तिलाई स्वागत गरे, कतिले विरोध पनि । हुनपनि कुलमानले प्राधिकरणको कमान सम्हालेपछि छलाङ मारेको देखियो । सर्वसाधारणलाई उनको कार्यकालले गज्जबको उपहार दियो । त्यो भनेको २२ घण्टे लोडसेडिङबाट उन्मुक्ति ।
नागरिकले कुलमानको तारिफ गरे । मानौं उनी नभएको भए लोडसेडिङ कुनै हालतमा हट्दैनथ्यो । तर यथार्थ अलि फरक छ । त्यसबेला लोडसेडिङ अन्त्य गर्न भारतबाट नपुग बिजुली खरिद सम्झौता गरिएको हो । त्यो काम तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भएको थियो । कोइराला सरकारले भारतसँग विद्युत खरिद सम्झौता अर्थात पावर टे«ड एग्रिमेन्ट गरेको थियो । त्यसैले घिसिङको पालामा अपुग बिजुली भारतबाट ल्याएर लोडसेडिङ अन्त्य भएको थियो ।
सन् २०१४ मा भएको सम्झौताको कार्यान्वन गर्नेबेला कुलमान नै प्राधिकरणको नेतृत्वमा आइपुगे । भारतबाट विद्युत खरिद नगरिएको भए त्यसबेला लोडसेडिङ अन्त्य हुन सक्दैनथ्यो । त्यसताका नेपालमा विद्युत्को माग अनुसारको उत्पादन थिएन । भारतसँगको सम्झौता बमोजिम नेपालले दैनिक ६ सय मेगावाट विद्युत् खरिद गरेको थियो । त्यसवापत नेपालले भारतलाई बर्सेनि अर्बाैं रकम तिर्नुपरेको छ ।
अब छिट्टै अपर तामाकोशीले उत्पादन थालेपछि भने नेपाल आफूलाई आवश्यक विजुली आफैं उत्पादन गर्न सक्ने अवस्थामा पुग्नेछ । सन् २०१७ सम्म नेपालको कुल विद्युत उत्पादन क्षमता ७ सय मेगावाट थियो, त्यो पनि वर्षायाममा । हिउँदमा त केवल ३ सय मेगावाट मात्र उत्पादन क्षमता रहेको नेपालमा दैनिक १२ सय मेगावाट खपतको आवश्यकता पर्छ । हिउँदमा अपुग ९ सय मेगावाटको व्यवस्थापन भारतबाट खरिद गरेर हुँदै आएको थियो । वर्षायाममा भने ६ सय मेगावाट अपुग हुने गरेको हो ।
कोइराला नेतृत्वको सरकारले सन् २०१६ मा अपुग विद्युत् खरिद गरी ढल्केबर ४०० केभीए ट्रान्समिसन लाइन निर्माण पनि द्रुतगतिमा गर्ने सम्झौता भएको थियो । त्यसवापत गएको वर्ष मात्रै नेपालले भारतलाई २२ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।
नेपालमा उत्पादन गर्न भनी थालिएका आयोजना समयमै सम्पन्न हुन नसक्दा भारतबाट आयात गर्ने अवस्था अझै कायमै रहने देखिन्छ ।
त्यसैले लोडसेडिङ अन्त्य गर्न कोइराला सरकारले गरेको सम्झौता नै कोशेढुंगा बनेको छ । तर केही मानिस भने कुलमानको व्यक्तिगत कारणबाट मात्रै यस्तो सम्भव भएको ठान्छन् । स्वयं कुलमानले यसका लागि नीतिगत व्यवस्था र राम्रो व्यवस्थापनले सम्भव भएको बताउँदै आएका छन् । तर कुलमानलाई देवत्वकरण गर्नेहरुको झुण्ड भने यो यथार्थबाट धेरै टाढै छ ।
अबको अवस्था भनेको कसैले चाहेर पनि लोडसेडिङ गर्न सक्दैन ,चाहे कुलमान रहुन् वा अरु कोही आओस्– प्राधिकरणकै एक सिनियर इञ्जिनियर भन्छन् । कुलमानको कार्यकाल यही भदौ २९ गते सकिंदैछ । त्यसैले उनलाई पुनर्नियुक्ति गर्न एकथरि मरिहत्ते गरिहेका छन् भने अर्काथरि चाहिं नयाँ व्यक्ति ल्याउन कसरत गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार