दुई दिनको भारी वर्षा पछि आएको बाढीका कारण १२० जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार १७:४५:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/Flood_XRvv3IroPf.jpg)
१२ भदौ, काठमाडौं । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
ती घटनाहरु देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरुमा भएको यहाँका विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् ।
बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ । विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जिवीतै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।
उनीहरुले हराएका व्यक्तिहरुको खोजी कार्य जारी राखेका तर पनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन् । पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरुले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो । त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
असार ९, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार