देउवाको समर्थनमा शशांकको उम्मेदवारी, बिच्किए निधि
इन्द्र रिजाल
भदौ १२, २०७७ शुक्रबार २२:३५:५७
१२ भदौ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आसन्न चौधौं महाधिवेशनको रन्को बढ्न थालेको छ ।संस्थापन र असन्तुष्ट इतर पक्षबाट कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने मै नेताहरुको छलफल घनिभूत भएका छन् । यद्यपि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेकाले भौतिक रुपमा नेताहरु भेला भएका छैनन्, तर भर्चुअल माध्यमबाट छलफल तीव्र पारिएको छ ।
संस्थापन पक्षबाट उपसभापति बिमलेन्द्र निधिलेसमेत सभापतिमा उमेदवारी दावी गरेपछिको अवस्था फेरिएको छ ।शेरबहादुर देउवाको विकल्पमा संस्थापन पक्षबाट कोही उम्मेदवार नहुने अनुमान गरिरहेका बेला निधिको उम्मेदवारी घोषणाले माहोलमा परिवर्तन भएको छ । संस्थापन पक्षमा देउवाको विकल्पमा निधि खडा हुने संकेत देखिएपछि असन्तुष्ट पक्षमा समेत त्यसको असर पर्ने भएको छ ।
अब देउवासँग भिड्न असन्तुष्ट पक्षले एकजना मात्रै उम्मेदवार खडा गर्ने दवाव कम भएको छ । असन्तुष्ट इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासमेत सभापतिका आकाँक्षी हुन् । सोही पक्षका नेता डा. मिनेन्द्र रिजालले भने– संस्थापन पक्षबाट निधिजीसमेत उम्मेदवार रहँदाको अवस्थामा असन्तुष्ट पक्षबाटसमेत दुई वा त्यो भन्दा बढी उम्मेदवार हुन सक्नेछन् । यद्यपि एउटै उम्मेदवार खडा गर्ने कोशिश भने जारी रहेको पनि उनले बताए ।
संस्थापन पक्षबाट देउवा एकल उम्मेदवार हुँदा गैरसंस्थापन पक्षले पनि एकजना मात्र उम्मेदवार खडा गर्नुपर्ने दवाव थियो, तर निधिको उम्मेदवारीले त्यो अवस्था अलि खुकुलो बनाएको उनको बुझाई छ । कतिपयले चाहिं निधिको उम्मेदवारीको चर्चा केवल विपक्षीलाई विथोल्न मात्र गराइएको भनेर बुझेका छन् । तर डा. रिजाल भने त्यो मान्न तयार छैनन् । उनी भन्छन्– मैले जाने अनुसार निधिजी त्यसै बोल्नुहुन्न, बोलेपछि पछि हट्ने स्वभावपनि उहाँको छैन ।
निधि साँच्चै उम्मेदवार होलान् ?
चौधौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि उपसभापति निधिले देउवासँग एउटा प्रस्ताव गरे । जसमा उनले प्रष्ट भनेका थिए– तपाईं अब सभापति भन्दा सर्वमान्य नेता बन्ने अवस्था आउन सक्छ, त्यस्तो भयो भने मलाई सहयोग गर्नुपर्छ । साथै, देउवाको विकल्पमा आफू नै संस्थापन पक्षको उम्मेदवार हुने उनको बुझाई थियो । सोही अनुरुप निधिले देउवापत्नी आरजुलाई महामन्त्री पदमा उम्मेदवारी दिलाउने गरी टीम पनि बनाए । देउवाले त्यसमा आपत्ति जनाएनन् । सोही बमोजिम निधिले पार्टीका अरु नेताहरुसँग वार्ता गरे । उनले अब संस्थापन पक्षबाट आफू उम्मेदवार हुने संभावना रहेकाले सहयोग गर्न निकटवर्तीसँग आग्रह गरे । यही कुरा उनले असन्तुष्ट पक्षका नेताहरु पौडेल, शशांक, प्रकाशमान र शेखरसँग पनि गरे ।
निधिको यो चलखेल देउवालाई मन परेन । आफैं सभापतिको आकांक्षी रहेका देउवाले निधिलाई सवक सिकाउने विचार गरे । त्यसैलाई मूर्त रुप दिन देउवाले शशांकसँग गोप्य छलफल गरे । जसमा आफू उम्मेदवार हुने अवस्था नरहँदा शशांकलाई सभापतिमा सहयोग गर्ने गरी अगाडि बढ्न आग्रह गरे । साथै, आरजुलाई शशांकको टीमबाट महामन्त्री बनाउन उनले प्रस्ताव नै गरेका छन् । यो सबै जानकारी पाएपछि निधि भने अब देउवासँग कुनै हालतमा नरहने निश्कर्षमा पुगेका छन् ।
देउवाको रणनीति
सकेसम्म आफैं उम्मेदवार बन्ने दाउमा रहेका देउवालाई निधिको विद्रोहले समस्यामा पारेको छ । उनलाई अब आफू भन्दा श्रीमती आरजुलाई कांग्रेसको राजनीतिमा स्थापित गर्ने चिन्ताले सताएको छ । आरजुलाई पार्टीमा स्थापित गर्न एक टर्म सभापति हुने उनको दाउ हो । तर निधिले नमानेको अवस्थामा उनले नयाँ समीकरण बनाउने भएका छन् ।
निधिलाई सभापतिमा समर्थन गर्दा आरजुले महामन्त्री जित्न मुश्किल हुने उनको बुझाई छ । त्यसैले शशांकसँग समीकरण गरेर जाँदा भने आरजुलाईसमेत पार लगाउन सकिने उनको रणनीति रहेको छ । त्यसैले संभवतः अबको चौधौं महाधिवेशनमा देउवाकै समर्थनमा डा. शशांक उम्मेदवार हुन सक्ने अवस्थालाई नकार्न सकिन्न – देउवा निकट स्रोतको भनाई छ ।
कोइराला परिवारमा द्वन्द्व
देउवाले शशांकलाई यस्तो प्रस्ताव गरेपछि कोइराला परिवारबाटै दुईजना उम्मेदवार हुन सक्ने सम्भावना बढेको छ । यद्यपि कोइराला परिवारले एकजना साझा उम्मेदवार दिने पारिवारिक सहमति विगतमै बनाएका हुन् । जस अनुसार, डा. शेखरको संभावना बढेको थियो । शशांक र सुजातालेसमेत एकपटक शेखरलाई अवसर दिनपर्ने मन र मत बनाएका थिए । तर देउवाको प्रस्तावले शशांकमा लोभ पलाएको छ । त्यसैले विगतको सहमति कार्यान्वयन नहुने सम्भावना रहेको छ ।
देउवासँगको छलफलपछि शशांकले आफूले मात्र देउवालाई हराउनसक्ने अभिव्यक्ति दिएका छन् । साथै, सभापतिको उम्मेदवारीबाट पछि नहट्ने संकेतसमेत गरेका छन् । शशांकको यस्तो अभिव्यक्तिपछि शेखर र सुजाताले एकपटक सँगै बसेर कुरा गर्ने सहमति गरेका छन् । उपयुक्त समयमा फेरि कोइराला परिवारका सदस्यबीच कुरा हुन्छ, अनि मात्र कसरी जाने भनेर तय होला– निकट स्रोतले भन्यो ।
निधिप्रतिको आक्रोश
चौधौं महाधिेवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने देउवाको सोच अहिलेपनि यथावत छ । तर निधिले उम्मेदवारी दिने निर्णयबाट पछि हट्नुपर्ने संस्थापन पक्षको धारणा छ । यसका लागि देउवाले धेरै प्रयास गर्दापनि उनी मानेका छैनन् । अहिले नै हतार गर्नु नपर्ने देउवा निकट कतिपयले भनेका छन् । तर देउवा आफू भने अहिल्यैदेखि स्पष्ट भएर जाने पक्षमा छन् । त्यसैले उनले शशांकको कार्ड फालेका हुन् । बरु गोपालमान श्रेष्ठलाई उम्मेदवार बनाउँदा राम्रो तर निधिलाई चाहिं अब समर्थन गर्ने सम्भावना छैन– बुढानिलकण्ठ निकट स्रोतको भनाई छ ।
सधैं मनोनित भएर अवसर जति कुम्ल्याउने अनि देउवासँग जोरी खोज्ने ? उनले भने – यो त जुन थालमा खायो, त्यहीं आची गर्ने जस्तो भयो नि । निधिलाई समर्थन गर्दा जित्ने सम्भावना पनि नरहेको उनको दावी छ । मधेशमा समेत निधिजी सर्वसम्मत छैनन् भने आम कार्यकर्ताले उनलाई रोज्ने कुराको कल्पना नगरौं – उनले भने । त्यसैले निधि भन्दा शशांक उपयुक्त पात्र हुनसक्ने हाम्रो ठम्याई हो ।
निधिले पनि देउवाले आफूलाई उपयोग मात्रै गरेको र ऐन मौकामा स्वार्थले काम गर्ने शैली देखाएको भन्ने बुझाई छ । त्यसैले कांग्रेसलाई नयाँ उँचाईमा पु¥यान देउवा बाधक रहेको उनको बुझाई छ । मधेशका जनताले कांग्रेसलाई सधैं साथ दिएको तर नेतृत्वले त्यसको मर्म नबुझेको भन्दै निधिले एकपटक मधेसलाई सभापति दिनैपर्ने धारणा राख्ने भएका छन् । त्यस्तो अवस्थामा निधिको उम्मेदवारी पर्ने निश्चित छ । यस्तो परिस्थिति निर्माण भयो भने आगामी चौधौं महाधिवेशनको परिणाम कस्तो आउला भन्न मुश्किल हुने देखिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार