नेकपाभित्रको विवाद कायमै, प्रतिवेदनउपर सचिवालय बैठकमा उठ्छ कुरा
कुसुम सेञ्चुरी
भदौ १२, २०७७ शुक्रबार १९:३९:२८
१२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको अन्तर्विरोध अन्त्य गर्न गठित कार्यदलको प्रतिवेदन उपर छलफल गर्न भोलि सचिवालय बैठक बस्दैछ । दुई अध्यक्षलाई झण्डै एकसाता अगाडि बुझाइएको १७ पन्ने प्रतिवेदनउपर भोलिको सचिवालय बैठकले कार्यविधि बनाउने तयारी छ । तर प्रतिवेदनमाथि नेता माधवकुमार नेपाल सन्तुष्ट नरहेको खबर सार्वजनिक भएको छ ।
यद्यपि नेता नेपालले भने आफूले कुनै प्रतिक्रिया नदिएको र सबै कुरा भोलिको सचिवालय बैठकमा राख्ने बताएका छन् । मूलतः प्रधानमन्त्री केपी ओलीलाई नै सहज हुनेगरी आएको प्रतिवेदनप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहमत भएको प्रतीत हुन्छ । कार्यदलले बुझाएको प्रतिवेदन ०७५, मंसिर ४ गते दुई अध्यक्षीबीच भएको सहमतिलाई ब्याख्या गर्ने गरी आएको छ । त्यसैले माधव कम्रेडले फेरि दुई अध्यक्षको चोचोमोचो मिलेको जस्तो बुझेको उनी निकट स्रोतको भनाई छ ।
दुई अध्यक्षले गरेको पुरानो सम्झौतामा प्रतिनिधिसभाको यो कार्यकालभरि ओली प्रधानमन्त्री रहने र एकता महाधिवेशन नभइञ्जेल प्रचण्ड कार्यकारी अध्यक्ष रहने भनिएको थियो । अहिले त्यही पुरानो सहमतिलाई थप व्याख्या गर्नेगरी मात्रै प्रतिवेदन आएको छ, त्यसमा माधव कम्रेडको असहमति हुनेछ – उनले भने । स्रोतका अनुसार, अर्का नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलेसमेत भोलिको बैठकमा प्रतिवेदन अपूरो र एकांकी रहेको धारणा राख्ने भएका छन् ।
ओलीविरुद्ध हामीसँग समीकरण गरेका प्रचण्डले या त ओलीसँग सम्झौता गरे वा आत्मसमर्पण भन्दै नेता खनालले दुखेसो गर्ने गरेको पनि स्रोतको भनाई छ । यसबारे विस्तृत रुपमै छलफल गरिनेछ भन्दै स्रोतले प्रश्न ग¥यो– विगत तीन महिनादेखि प्रचण्डले गरेको रडाको आखिर केका लागि त ?
यही प्रश्न प्रचण्ड निकटहरुले समेत गर्न थालेपछि उनी स्पष्टीकरण दिन व्यस्त छन् । हरेक दिन प्रचण्डले निकट नेताहरुलाई ओलीसँग गोप्य सहमति नभएको तर अहिलेको लागि पार्टी एकता बचाउनकै लागि त्याग गरेको बताउने गरेका छन् । स्थायी कमिटी छलेर गोप्य रुपमा कार्यदल बनाएकोप्रति धेरैले आशंका गरेका छन् । प्रचण्डले जस्तोसुकै सम्झौता गरेको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
मूलत विधि प्रक्रिया र एक व्यक्ति एक पदको मुद्धालाई पूर्णत पाखा लगाएर दिइएको प्रतिवेदनले समस्याको दीर्घकालिन समाधान दिन नसक्ने बुझाई नेपाल खनाल पक्षको रहेको छ । पार्टी भित्रको मूल मुद्धा नै अलपत्र पारेर तयार गरिएको प्रतिवेदनले पार्टीलाई उर्जा दिन नसक्ने ठहर उनीहरुको रहेको छ ।
नेपाल निकट नेता रघुजी पन्तले पार्टीलाई नयाँ सोच र अवधारणामा लैजान हिजो समस्याको हल खोज्नै पर्छ भन्दै तर प्रस्तुत प्रतिवेदन त्यसबाट च्यूत भएको बताएका छन् । समस्याको चूरो नै नपहिल्याई समाधानको प्रस्ताव ल्याइनु भनेको अर्काे समस्यालाई जन्माउनुजस्तो हो भन्दै उनले त्यसबारे स्पष्ट नभएसम्म प्रतिवेदन कार्यान्वयनमा लैजान नहुने मत राखे । नेपाल र खनाल पक्षबाट कार्यदलमा प्रतिनिधित्व गराइएका भीम रावल र सुरेन्द्र पाण्डेले समेत यसको जवाफ दिनुपर्ने उनको तर्क छ । के आधारमा मूलभूत प्रश्नमा प्रतिवेदन केन्द्रित भएन ? त्यसको जवाफ हाम्रातर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले समेत दिनुपर्छ ।
बजारमा हल्ला चलेजस्तै अबको पुनर्गठनमा मन्त्री हुनका लागि नै रावल र पाण्डे मौन बसेको त हैन ? भन्ने प्रश्न पनि उठेको छ । पार्टीमा देखापरेको समस्याको हल खोज्न यस्तो कार्यदल आवश्यक नै नरहेको तर्क गर्ने बामदेव गौतम पनि अहिले मौन छन् । उनले पनि भोलिको बैठकमा आफ्ना धारणा राख्ने भएका छन् । दुई अध्यक्षबीच भएको छलफलकै बीच आफूखुशी कार्यदल बनाएकोमा गौतमले असन्तुष्टी व्यक्त गरेका थिए ।
उनी पनि कार्यदलको प्रतिवेदनप्रति सकारात्मक नरहेको स्रोतको भनाई छ । आफूले यसअघि स्थायी कमिटीमा पेश गरेकै ६ बुँदे समाधानको उपायबाटै समस्याको हल खोज्न सकिने धारणा उनले राख्दै आएका छन् । उनको समाधान सूत्रमा पनि ओलीलाई नै बलियो बनाउने उपाय सुझाइएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार