प्रदेश सरकारले विद्यालयमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार २२:९:२९
१२ भदौ, विराटनगर । प्रदेश नं १ को सरकारले कोभिड–१९ का कारण बन्द विद्यालयहरुमा सिकाइ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी शुरु गरेको छ । विगत पाँच महिनादेखि बन्द विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प भएकाले त्यसलाई पुनः सञ्चालन गर्न विद्यालयमा सिकाइ कार्य शुरु गर्न लागिएको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख-उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग परामर्श गरी विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशनअनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव सङ्कलन गरेको छ ।
मन्त्री घिमिरेले मन्त्रालयले विद्यालयमा सिकाइ सञ्चालनका लागि सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निष्कर्षमा पुगिने पत्रकारहरुलाई आज बताए ।
मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन र अभिभावक सङ्घसँग छलफल गरी सङ्कलन गरेको सुझाव शिक्षा मन्त्रालयसमक्ष पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालनको सुझाव दिएको छ ।
सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाइन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिएको छ । यसैगरी कक्षा सञ्चालनपूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, बन्दाबन्दीका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाउनु पर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ ।
मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने समेत सुझाव दिएको छ । यसैगरी अन्य सुझावमा जोर बिजोर विद्यार्थी रोल नम्बरका आधारमा जोरबिजोर कक्षा सञ्चालन गर्नु पर्ने, स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टास्क टिम तयार गर्ने र टिमको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिएको छ ।
मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याङ्कन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलीकरण गरेर छिटोभन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएको छ ।
प्रदेशमा १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाइन रहेको र दुई वटा विद्यालयमा होल्डिङ सेन्टर, तीन विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशका सात हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार