प्रदेश २ : दुई वर्षमा ६ सचिवको सरुवा ! कृषि मन्त्रालयले सामान्य प्रशासनलाई गरायो ध्यानाकर्षण
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार २२:२२:२३
◊ धीरुभाइ
१२ भदौ, सप्तरी । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंलाई कर्मचारी व्यवस्थापन, सरुवा लगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।
मन्त्री साहले पठाएको ध्यानाकर्षण पत्रमा पछिल्लोपटक भएको सचिव(सहसचिव) सरुवालाई स्थगन गरी छोटो अवधिमा सचिव सरुवाको प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक व्यवस्था गरिदिन हुन आग्रह गरेको छ । निजामती कर्मचारी ऐन, २०४९ को दफा १८ ले कर्मचारी सरुवा सम्बन्धमा निश्चित मापदण्ड र सिद्धान्त प्रतिपादन गरेको भन्दै ऐनबमोजिमका मापदण्ड र सिद्धान्तलाई ख्याल नगरी पटकपटक प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव सरुवा गर्दा मन्त्रालयको कामकाज निष्फल र निष्प्रभावी भइरहेको स्थितिप्रति गम्भीर ध्यानाकृष्ट होस् भन्ने अपेक्षा समेत गरेको छ ।
यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २ जनकपुरधामका लागि समेत संघ सरकारबाट खटाइने प्रदेश सचिवहरू निश्चित अवधि पूरा नगरीकनै सरुवा हुँदै आएको उल्लेख गर्दै यसले सरकारका कार्यक्रम कार्यान्वयनमा सुस्तता र अनेकन् बाधाअड्चन उत्पन्न हुँदै आएका बताए । यस मन्त्रालयमा गत दुई वर्षमा छ जना सचिवको पदस्थापन र सरुवा भएका छन् ।
संघीय व्यवस्थाअनुरूप प्रदेश २ मा सरकार गठन भएयता कर्मचारी व्यवस्थापन तथा परिचालनमा संघ सरकारको उदासीनता, निरपेक्षता र हेलचेक्रयाइँका कारण प्रदेशमा मन्त्रालयका कार्यसञ्चालन कष्टसाध्य बन्दै गएको ध्यानाकर्षण पत्रमा संघबाट प्रदेशलाई तत्काल आवश्यक कर्मचारी जनशक्ति प्राप्त नहुनु र त्यहाँबाट पठाइएका जनशक्तिलाई छोटो अवधिमै अन्यत्र पदस्थापन गरिनुले प्रदेश सरकारका कामकाज दुष्प्रभावित भइरहेको र यसका प्रत्युत्पादक असरका रूपमा एउटा निश्चित समय बितिसक्दा समेत प्रदेश सरकारले आशातीत र दुरगामी महत्वका परिणाममुखी काम गर्न नसकेको बताएको छ ।
राजनीतिक शासकीय प्राधिकारलाई व्यवहारमा उतार्ने प्रदेशस्थित मन्त्रालयका उच्चाधिकारी (सचिव) हरूले सरकारका कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाउन डेग उचाल्न नपाउँदै सरुवा गरिँदै आएका प्रबृतिले प्रदेश २ मा काम गर्ने सचिवहरूको मनोबल कमजोर हुनुका साथै उनीहरूका छोटो कार्यकालसमेत फितलो हुँदै गएको बताए । सदैव स्थायीत्वको संकट, भावी दिनका लागि असुरक्षा र अनिश्चितता बोध गर्दै आएका संघ सरकारका सहसचिव (प्रदेशका मन्त्रालयमा सचिव) हरू पदस्थापन भएयता कुनै बेला पनि अन्यत्र स्थानान्तरण हुनुपर्ने मनोदशामा काम गर्दा सरकारका काममा अपेक्षित सफलता हासिल गर्न नसकेको बताए ।
अहिलेको अत्यन्त जटिल, असहज र प्रतिकूल अवस्थामा मन्त्रालयले किसानको ऋण मिनाहा, धानबालीमा लागेका रोग नियन्त्रण, मलखाद व्यवस्थापनलगायतका जीवनसँग जोडिएका महत्वपूर्ण र अत्यावश्यक काम गर्नुपर्ने अवस्थामा यसरी तीन–तीन महिनामा सचिव परिवर्तन हुँदा प्रदेश सरकारले लक्ष्यबमोजिमका कार्य सम्पन्न गर्न नसक्ने प्रस्ट रहेको उल्लेख गरेको छ ।
सो विषयमा प्रदेश सरकारले पटकपटक संघीय मन्त्री तथा संघीय सरकारलाई मौखिक तथा औपचारिक र अनौपचारिक रूपमा गरेको आग्रहलाई वेवास्ता गर्दै पछिल्लोपटक गत १० गते चार महिनाअघि पदस्थापित भएका सचिवलाई सरुवा गरी नया सचिव (सहसचिव) पठाइएको हुदाँ यस्ता निर्णय अव्यवहारिक र प्रदेशका सन्दर्भमा क्षतिकारक भएकोले पछिल्लोपटक भएको सचिव(सहसचिव) सरुवालाई स्थगन गरी छोटो अवधिमा सचिव सरुवाको प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक व्यवस्था गरिदिन हुन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार