नेकपाको चरम राजनीतिबिरुद्ध नगर प्रमुख गिरिको गम्भीर ध्यानाकर्षण, कार्यालय प्रमुख गैह्रेलाई नेकपाको टर्चर
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शनिबार २:१८:५
♦ दिवस भण्डारी
१२ भदौ, स्याङ्जा । चापाकोटमा रहेको किसान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा ने क पा निकट व्यवस्थापन समिति र कर्मचारीको मिलेमतोमा चरम राजनीति गरिएको पुष्टि भएको छ ।
तीनवटा संकाय डिप्लोमा कृषि विज्ञान, पशु विज्ञान र इन्जिनियरिङ पढाइ भैरहेको किसान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा नयाँ प्रमुखको रुपमा मणिप्रसाद गैह्रे हाजिर भएपछि नेकपासम्बद्ध स्थानीय कार्यकर्तालाई १०४ डिग्रीको ज्वरो आएको हो ।
गैह्रेलाई चापाकोट नगरपालिका नगरप्रमुख शिवकुमार गिरि लगायत स्थानीयबासीले हर्ष उल्लासका साथ स्वागत गरेका थिए । स्वागतका क्रममा प्राविधिक शिक्षालय प्रमुखले सबै राजनीतिक दल, स्थानीय सरकार र स्थानीयबासीसँग हातेमालो गर्दै किसान प्राबिधिक शिक्षालयलाई देशकै नमुना प्राविधिक शिक्षालयको रुपमा परिणत गर्ने प्रण गरेका छन् । गैह्रे हाजिर भएको दुई दिन नबित्दै केही राजनीतिक दलका नेताहरुले उनलाई अनावश्यक टर्चर दिन थालेको प्रमुख गैह्रेले स्थानीय बासी समक्ष गुनासो गरेका छन ।
आज चापाकोट नगरका नगरप्रमुख शिवकुमार गिरिसँग आफ्नै कार्यकक्षमा भेटघाट गर्दै यी र यस्ता दवावमुलक अभिव्यक्तिको सामना गरेर अगाडी बढ्ने शिक्षालय प्रमुख गैह्रेले बताए । चापाकोट नगरपालिका नगरप्रमुख गिरिले भने चपाकोटमा ने क पा निकट साथीहरूले गैरराजनीतिक थलोमा पनि राजनीति गर्न खोजेकोले यी र यस्ता गतिविधि विरुद्ध आफू चुप लागेर नबस्ने कुरा नेपालबहससँग व्यक्त गरेका छन । किसान प्राविधिक तथा व्यावसायिक शिक्षालय कसैको निजी सम्पत्ति नभएको र यहाँ कुनै पनि राजनीतिक दलले राजनीति गर्ने अड्डा नबनाउन पनि अनुरोध गरेका छन् ।
भोलिका देशका कर्णधार उत्पादन गर्ने जिम्मेवारी किसान प्राविधिक शिक्षालयको रहेको र शिक्षालय प्रमुखलाई अनावश्यक कुरा गर्दै टर्चर दिइनु चापाकोटबासीलाई मान्य नहुने मेयर गिरिले बताएका हुन् । बिगतमा किसान प्राविधिक शिक्षालय ने क पा सम्बद्ध तथा अन्य राजनीतिक दलको समेत निजी पेवा नसम्झिन अनुरोध गर्दै यी र यस्ता अराजक राजनीति गर्ने विरुद्ध नगरप्रमुखको हैसियतले ठोस कदम चाल्नु परेमा आफु कत्तिपनि विचलित नहुने बताएका छन् ।
आज नगरप्रमुख गिरिले शिक्षालय प्रमुख गैह्रेसँग भेटघाट गर्दै प्राबिधिक शिक्षालयलाई नयाँ उचाइमा पुर्यायर देशकै नमुना शिक्षालय बनाउन यी यस्ता गतिविधि विरुद्ध डटेर सामना गर्नु पर्नेमा जोड दिएका छन् । किसान प्राबिधिक शिक्षालय जस्तो गैरराजनीतिक थलोमा ने क पा आबद्ध कर्मचारी र नेताले शिक्षालय प्रमुखलाई दिइएको टर्चर निन्दनीय भएको भन्दै स्थानीयबासी भने आक्रोशित बनेका हुन।
आगामी दिनमा शिक्षालयलाई राजनीति गर्ने थलो बनाइएमा आफु चुप लागेर नबस्ने र त्यसकाे लागि आन्दोलन गर्न परे पनि पछि नहट्ने स्थानीयबासीको भनाई रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार