राष्ट्रियसभा सदस्य सिंहले सुरु गरे बाढीजन्य प्रकोपका नदीहरुको निरीक्षण अभियान
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार १४:४३:१६
◊ धीरुभाइ
१३ भदौ, सप्तरी । राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सप्तरीका नदीहरुको स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको छ । बर्षेनी बाढीजन्य प्रकोपको कारण जिल्लाबासीले भोग्दै आएको पीडालाई सम्बोधन गराउन उद्देश्यले सुरु गरेको अभियान अन्तर्गत आधा दर्जन भन्दा बढी नदीहरुको स्थलगत अवलोकन निरीक्षण गरे ।
जिल्लाको सप्तकोशी नगरपालिकामा त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली लगायतका दर्जनबढी नदीहरुको कारण बर्षेनी बाढी तथा कटान हुँदै आएको छ । कमजोर तथा कम उचाईको बाँधको कारण त्रियुगा नदीको बाढी सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचही लगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको छ ।
सप्तकोशी नगरपालिकाको विभिन्न खोलाको कारण हुँदै आएको समस्यालाई राष्ट्रियसभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य सिंहसहितको एक टोलीले स्थलगत अवलोकन गरेको हो । सो टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा गौतम तथा वडाअध्यक्षहरुले नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा जानकारी गराए ।
सो क्रममा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझ बलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए । सप्तकोशी नदीको कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकीर गर्दै उनले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई मजबुत पार्नुपर्ने आवश्यकतामाथि जोड दिए । यस बिषयमा राष्ट्रिय सरोकार समन्वय समिति र राष्ट्रिय सभामा समेत जोडदार ढंगले आवाज उठाउने विश्वास दिलाए ।
कोशी नदीको कारण सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका महुली खोलाको कारण समेत पीडित बन्दै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत राष्ट्रियसभाका सदस्य सिंह तथा पूर्व सभासद सूर्यनाथ प्रसाद यादवसहितको टोलीले अवलोकन गरेको छ ।
सो अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा, कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अधयक्ष मनोज बहडखेरसँग समेत बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षति लगायतको बारेमा छलफल गरे । निरीक्षण टोलीमा पूर्व सभासद सूर्यनाथप्रसाद यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह समेत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार