परेवा डाँडामा परेवाको मूर्ति बनाउन शुरु
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार १८:२७:५४
१३ भदौ, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको एक जोडीे मूर्ति निर्माण शुरु गरिएको छ । डाँडामा रहेको पहरोमा परेवा बस्ने गरेको र पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित भएपछि त्यसको संरक्षण गर्न लागिएको हो ।
वडाका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थलको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । उनले भने,“ऐतिहासिक स्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ । परेवा डाँडामा परेवाको मूर्ति बनाउन शुरुमूर्ति बनाउन रु छ लाख खर्च हुनेछ । उक्त मूर्ति सात फिट अग्लो हुनेछ ।
दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का, घैटो बनाइरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको संरचना बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए । यो वर्ष परेवा डाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण गर्ने योजनाका साथ कामअघि बढाइएको छ । परेवा डाँडामा सडकको मापदण्ड कटाएर परेवाको मूर्ति निर्माण गरिएको उनले बताए ।
वडामा कुमाल, बोटे, र दरै जातिको बाहुल्यता रहेको छ । वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार