बाली जोगाउन रातभर जाग्राम
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार १८:४१:४४
१३ भदौ,दुल्लु । दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् । घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।
धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली बँदेलले खाने गरेका स्थानीयले बताएका छन् । भैरवी–१ का स्थानीयवासी डिलबहादुर कार्कीले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए। उनले भने, “बँदेल धपाउन समूह बनाएर रातभर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे हम्मे भएको छ ।’’ भैरवी, महाँबु गाउँपालिका, दुल्लू, नारायण र आठबिस नगरपालिकालगायत स्थानमा जङ्गली बँदेलले अन्नबाली नोक्सान गरेको स्थानीयले बताएका छन् ।
पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबालीमा बँदेलले क्षति पु¥याउँदा किसान निकै निरास भएका छन् । दुल्लु नगरपालिका–३ का प्रेम गिरी भने – न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागिसके । एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ ।
किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्”, भैरवी गाउँपालिका–१ का सेरबहादुर कार्कीले गुनासो गरे। जङ्गली बँदेलले नोक्सान गरेको निवेदन थुप्रै आएका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।
उनले नोक्सानी भएको बालीको विवरण सङ्कलन गर्न वडा तहमा जनप्रतिनिधिलाई किसानको बारीमै खटाउने र उचित क्षतिपूर्ति दिनेबारे आफू छिट्टै कार्यपालिकाको बैठक बस्ने बताए ।सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भएपनि प्रभावकारी हुन सकेको छैन । डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले प्रकृया मिलाएर निवेदन आए क्षतिपूर्ति दिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार