धान गोडमेल गर्ने समय भइसक्यो, युरिया मल छैन
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २०:११:८
१३ भदौ, दमौली । तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गरे । “दुई पटक मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उनले भने, “मल नै हाल्न नपाएपछि खेती सप्रिएला जस्तो लागेन ।” ५० केजी मल आवश्यक भए पनि बजारमा कति पनि मल नपाइएको उनले बताए ।
“कृषि सामग्री कम्पनी तनहुँमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन”, पौडेलले भने । हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उनको भनाइ छ । “अब चाहिएको बेला नपाइएपछि कृषकहरुलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ”, उनले भने । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।
भिमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल गरिसके पनि मल अभाव भएको बताए । जताततै मलको खोजीका लागि भाैँतारिए पनि मल पाउन नसकेको क्षेत्रीको गुनासो छ । “मलाई सात केजी मात्रै भए पनि पुग्थ्यो तर जिल्लाभर नै मल पाउन सकिएन”, उनले भने ।यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइएपछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले शहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइएपछि कृषकहरुले जतिसक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख बलबहादुर पन्थले बर्षेनी मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिए । “दुई महिनादेखि युरिया मल छैन, मल खरिदको प्रक्रिया शुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन”,उनले भने, । उनले प्रक्रिया पु¥याएर मल आइपुग्न अझै बढीमा पाँच महिनासम्म लाग्न सक्ने बताए। लिमिटेडले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२० र डिएपी ४८९ मेट्रिक टन बिक्री गरेको जनाएको छ । कम्पनीमार्फत तनहुँ ७८, लमजुङ ३६ र गोरखाका चार सहकारीले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार