कोरोना, आक्रोश र राज्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २३:५६:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/yamparsad_YHB8j4yudY.jpg)
बिगार्न सहज छ । जताततै बिगार्याै, हरेक क्षेत्र अस्तव्यस्त हुन थालिसक्यो ! के यही उद्देश्य प्राप्तिका लागि बेचिएका थियौं तिमी, तिम्रो विवेक अनि तिम्रो निष्ठा ? कस्तो राष्ट्रवाद हो तिम्रो ? न त तिमीलाई निरीह गरिब जनताको चिन्ता छ न त तिमीलाई देशको माटोको सुरक्षाको मतलव छ, छ त केवल पैसासँग मतलव छ, भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गर्नु सँग छ ।
तिम्रो व्यक्तिगत अहंमको, सनकको खामियाजा देशका गरिब र निमुखा जनताले भोग्नु पर्ने ? कुन मोडलको राष्ट्रवाद हो यो ? तिमी र तिम्रा आश्रित प्रशिक्षित झारहरूले दुईबित्ता उफ़्रिएर भाषण गर्दा तलतिर बग्ने खोलालाई माथितिर बग्ने बनाई देलान् । एकछिनको लागि पार्टीका गुलामहरूले पररर ताली पनि बजाउलान् महोदय ! तर यथार्थमा त्यो असम्भव हुन्छ ।
मन्त्रालय, सुरक्षा निकाय, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका सरकारको यस्तो कुन चाँहि अङ्ग स्वतन्त्र र चलायमान छ वर्तमानमा । अनि चरम अव्यवस्था नभएर अरु के हुन्छ त ? जुन अहिले देखिएको छ । के देशलाई विकास र जनतालाई सम्वृद्धि तिर लैजाने बाटो यही हो त महोदय ? के हामी यही बाटोमा निरन्तर अघि बढ्यौ भने हाम्रो गन्तव्यमा पुग्छौं त सरकार ? वेथितिको यात्राले हामी र हाम्रो राष्ट्रलाई रसातलमा बाहेक अन्यत्र कहीं लग्दैन । यो कुराको चेतना होस् महोदय ! भनाईपनि छ, कुतीको बाटो हिडेर काँशी पुगिन्न !
वर्तमानमा विश्व, अझै दक्षिण एशियामा युद्धको कालोबादल मडारिएको कुरा त महशुस होला नै । राष्ट्रियता बेचेर पाएको, कमाएको वा लिएको अरवौं रुपैयाँ लिएर जान्छौ कहाँ ? इतिहासमा लेन्डुप दोर्जेहरुको हविगत पढे सुनेकै छौँ, दलाई लामाहरुको प्रवासी जीवन आँखै अगाडि जीवन्त छ । यसभन्दा फरक अवस्था तिम्रो पनि हुनेवाला छैन, फरकै भएछ भने चाउचेस्कीको जस्तो होला । अन्य विकल्प त म देख्दिन महोदय !
सरकार आफ्नो अस्तित्व मदमस्त राँगो, बोका वा ब्रोइलर कुखुराको भाले भन्दा माथि उठाउने कोशिश गर्नुहोस । आजकै मितिबाट नत्र धेरै जसो गाईडेड मिसाईलहरु पनि प्राय जसो हावामै नष्ट हुन्छन आजको २१ औ शताब्दीमा ! उग्रराष्ट्रवाद र छद्म राष्ट्रवाद बीचको झिनो भिन्नता तपाईका वृद्ध नजरले स्पष्टसँग खुट्यायनन् शायद । त्यहि पर्खालको एकापट्टी हिटलर मुसोलिनोहरु हुन्छन भने अर्को पट्टी प्रचण्ड बाबुराम लगायत तपाई हुनुहुन्छ । देश उत्तर वा दक्षिण कता मर्ज हुने हो भन्ने जगजगीको स्थिति छ । विधिवत रुपमै सिक्किम विलय गराउन सक्ने कुटनीति र शक्तिको नशामा तिब्बत कप्लक्क पार्ने दुष्टहरूका बीच निरीह अवस्थामा छौँ हामीहरु । तसर्थ मोदीले दिशापिसाव गरेको जानकारी आउँदा मोदीको रिस फेर्न दिशापिसाव नरोक्नुस न त । जीनपीङ शाैचालय गएको जानकारी पाउना साथ हतारिएर शाैचालय कुद्ने वानी पनि छोड्नुस !
तपाईका विश्वासपात्र तपाइकै पार्टीका सहकर्मीहरुले तपाइको अवस्था बुख्याँचा जस्तो बनाएका छन् ! कतिनै बाँच्नु होला र मृगतृष्णामा भौतारिन छोडेर गरिब जनताको हकहितमा ध्यान केन्द्रित गर्नुस । अझै समय घर्की सकेको छैन ।
नेपाली जनताको अनौठो चरित्र छ । जसरी तपाईले बाँढेको रक्सीमासुले तपाईलाई सत्तामा पुर्यायो, त्यसको नशा सकिएपछि जुर्मुर्याउदैनन भनेर ढुक्क नहुनुस । बेलारुसको अवस्था हामीकहाँ पनि आउन सक्छ कुनैपनि बेला । होशियार हुनुपर्ने बेला भयो कि अब ? सरकार सत्ताको नशामा my way is highway भन्दै उल्टो बाटो कुदेको छ, त्यसैले दुर्घटना अवश्यमभावी छ ! भुरेटाकुरे पार्टीको कुरा छोड्ने हो भने बाँकी रहेको एउटै प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस लोकल भाले उपनामले चिनिने देउवा जस्ता लम्पटको पन्जामा जेलिएको छ र त तपाईले फालेको कनिका टिप्नमा ब्यस्त छन् । अन्यथा प्रतिपक्षले सरकारका गलत क्रियाकलाप रोक्ने जमर्को गर्थ्यो होला । यसरी प्रतिपक्षको भूमिकाविहिन स्थिति कतिन्जेल रहला र मान्यवर ? चेतना भया !
-
फ्र्यांक्फ्र्ट, जर्मनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार