हुर्कले कोरोना प्रभावित हरवाचरवा परिवारलाई राहत वितरण गरे
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २३:३०:१३
धीरुभाइ
१३ भदौ सप्तरी । फ्रिडम फण्डको सहयोगमा मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन(हुर्क) नेपालले कोरोना भाइरसका कारण लगातारको लकडाउन तथा जारी निषेधाज्ञाबाट अति प्रभावित गिरहतको हलो जोतेर गुजारा गर्ने हरवाचरवा परिवारलाई शनिबार राहत वितरण गरेको छ ।
हुर्क नेपालले गिरहतको हलोमा जिविका आश्रित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर ४ र ५ कोइलाडी बर्साइनका हरवाचरवा २२५ परिवारलाई राहत वितरण गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण तथा रोकथामका लागि पाँच महिना भन्दा बढी समयदेखि लगातारको लकडाउन र त्यसपछि लगातार निषेधाज्ञाका कारण अति प्रभावित हरवाचरवा प्रति परिवार १५ किलो चामल, पाँच किलो गहुँको पिठो, एक किलो नून, एक किलो आलु, सेनिटाइजर, तीन वटा साबुन वितरण गरेको छ ।
मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन(हुर्क) नेपालका अध्यक्ष तथा नेविसंघका नेता हुर्कका अध्यक्ष पार्थो सरकारले गिरहतले हरवाचरवा राख्न छोडेपछि दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका उनीहरुलाई साबुन पानीले हात धुन जनचेतनाकासाथ सामाजिक दुरी कायम गरी राहत वितरण गरेको बताए ।
राहत वितरण सो वार्डका अध्यक्ष राजेन्द्रप्रसाद साह, नेपाल पत्रकार महसंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, हुर्कका उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता सुभाषचन्द्र सिंह, प्रधानाध्यापक गंगा यादव, ब्रह्मानन्द रजक, हरवाचरवा अधिकार मञ्चका सचिव रितादेवी रजक, कार्यक्रम संयोजक रिया राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओकिल मण्डल, सहजकर्ता रंजना चौधरी, नेविसंघका सदस्य जितेन्द्र सुतिहार, महेश यादव, लगायतले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
कात्तिक २, २०८१ शुक्रबार
रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार