मलेसियामा विदेशी पर्यटकलाई प्रतिवन्ध
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २३:३०:२१
१३ भदौ, एजेन्सी । मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोना भाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु¥याइएको पनि उनीहरुले बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे ।
उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनु पर्ने आवश्यकतामा जोड दिए। बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन् । मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने अरु १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएका छन् । नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताएका छन् ।मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार