कांग्रेस बागी, दागी र सुविधाभोगीबाट पीडित छ !
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १६:१५:२८
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशन अब धेरै टाढा छैन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा आज जनताका लागि इमान्दारपूर्वक राजनीति गर्नेको अभाव जनताले महसुस गरिरहेका छन् । प्रजातन्त्र स्थापना गर्ने नेपाली कांग्रेसलाई पनि आज यो प्रश्नले घोचिरहेको छ ।
नेपाली कांग्रेसमा जसका मुखारविन्दुबाट पनि सभापति र महत्वपूर्ण पदाधिकारीको लागि मात्र उम्मेदवारीको दावी सुनिएपछि, आगामी १४ औ महाधिवेशन भनेको समयसामपेक्ष जनमुखी नीति, एजेन्डा, विचारधारा, नवीन मूल्य–मान्यतालाई आधिकारिकता दिने र त्यसका लागि पदाधिकारी नेतृत्व चाहिने सुझबुझ पूरै उपेक्षित र तिरस्कृत भएको वा बिर्सेको हो त ? भन्ने प्रश्नवाचक निचोड बन्दछ ।
मेरो भनाई— पदको दावी गर्न वा आफ्नो महत्व बढाउनै नपाईने भन्ने अर्थमा नबुझियोस् । पार्टीका केन्द्रीय सभापति, प्रदेश, जिल्ला तहका सभापति र अन्य पदको दावी गर्नेले सो पदमा बसेर पार्टी संगठन कस्तो बनाउने कटिबद्धता लिएको हो ? के–कस्ता नीति, प्रतिबद्धता, मूल्य–मान्यता स्थापित गर्न आफू पदको दावेदार भएको हो, त्यसबारेमा नामोनिशान केही छैन ।
घरदैलो र शक्तिकेन्द्र धाएर पदको दावी गर्नेको यस्तो ‘पद–यात्रा’ अभियान, पार्टीको लागि ताजा लोकप्रिय मार्गदर्शक प्रस्ताव, योजना, कार्यक्रम, पार्टी संगठित, संस्थागत र विधानसम्मत तरिकाले चलाउने, सबैलाई विश्वासमा लिएर काम गर्ने नवीन विस्तृत योजना प्रस्तुत गर्न सकेमा मात्र दावीको औचित्य स्थापित हुनसक्छ । गतिलो भाग खोज्ने हकमा जिम्मेवारी, कर्तव्य, दायित्व, अभिभारा र वैचारिक स्पष्टता पनि भरोसायोग्य रुपले प्रकट हुनुपर्छ । तबमात्र पदको दावेदार हुन सुहाउँछ ।
विगतमा देखापरेको सिद्धान्तहीन चरम गुटबाजी, ६० ४० को भागबण्डा, पार्टी विधानको हुर्मत लिएर सिंगो पार्टीलाई नै वर्वादीको खण्डहरमा पुर्याएको कुकृत्यलाई सच्याउने विचार, योजना र दृढता कहाँ छ को सग छ ?आफू पदाधिकारी चुनिएमा गुटबन्दी, भागबण्डा रोक्न भागबण्डाबाट पाउने वा आउने हिस्सा कुनै हालतमा लिन्न भनेर किन भन्न सक्दैनन् यी दावेदारहरू ? पार्टीलाई भ्रष्टाचार, दण्डहीनता, अनुशासनहिनता र अराजकताले निल्नै लागेको आजको परिस्थितिबाट पार्टी जोगाएर नयाँ जीवन दिने विचार, योजना, लक्ष र प्रतिबद्धता नभएकालाई किन निर्वाचित गर्ने केका लागि गर्ने ?
अब सभापति वा महत्वपूर्ण पदाधिकारी उम्मेदवार हुने, विजयी र पराजित सबैले ४० ६० को कुख्यात भागबण्डामा सामेल हुन्न, दिए पनि लिन्न वा दिन्न भनेर प्रतिबद्धता जनाउनैपर्छ । पार्टीको विधान र अनुशासनको इमानदारीका साथ पालन गर्न गराउने परिपाटी बसाल्नुपर्छ । जित्नेले हरेक क्षेत्रमा मेरो र उसको भन्दा पनि पार्टीको लागि त्याग र योगदान गरेको, लोकप्रियताको आधारमा मुल्याङकन गर्नुपर्छ । गणेश वा मन्थरा प्रवृत्तिको अन्त्य गर्ने आँट व्यवहारबाट सावित गर्नुपर्छ।
यो पार्टी त्यागी नेताहरूले बनाएको हो भने बागी, दागी र सुविधाभोगी नेतृत्वबाट आज पीडित हुन पुगेको छ । पहिलेको काँग्रेसमा ‘पार्टी कार्यक्रम र संघर्षमा योगदान पुर्याएको’ प्रोफाईल हेरिन्थ्यो । आजकाल पदको दावी गर्नेमध्ये कतिपयबाट ‘पार्टीमा ठूलो लगानी गरेको’ कुरीकुरीलाग्दो हिसाब सुनिन्छ । पार्टीप्रति समर्पित क्रान्तिकारी कार्यकर्ताले ‘योगदान’ गर्छ, व्यापारीले अन्य क्षेत्रबाट आएर अवसर लिनेले पो ‘लगानी’ को हिसाब सुनाउँछ ।
नेपाली काँग्रेसको मूल्य, मान्यता, विचारधारा, इतिहास, संस्कार, परम्परा, सभ्यता बुझेका तमाम निष्ठावान् कार्यकर्ता साथीहरूले कसैसँग रिसाउनुपर्ने त होइन । तर भद्रता र जिम्मेवारीपूर्ण सावधानी अपनाउनुपर्ने जरुरी भईसक्यो । पार्टीमा त्यागीहरू किनार लाग्ने, दागी, बागी र सुविधाभोगीहरूको हालीमुहाली चल्ने कुप्रथालाई निर्ममताका साथ अन्त्य गर्न १४ औं महाधिवेशनका लागि आजैदेखि हामी मानसिक र वैचारिक रुपले तयार हुनु नै सामुहिक लक्ष्य भेट्ने हाम्रो एकमात्र बाटो हो, हुनुपर्नेछ ।
अन्त्यमा, जननायक बीपी कोइरालाले भन्नुभए जस्तो ‘लोकतन्त्र आएपछि सुकिला, मुकिला, चिल्ला गाडी चढ्नेहरू र पैसावाल पार्टीमा हावी हुनेछन् । सच्चा इमान्दार निष्ठावान् कार्यकताले फेरि एक पटक आन्दोलन गर्नुपर्नेछ ।’
(केसी नुवाकोट कांग्रेस सभापति हुन)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार