प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १८:४१:२८
१४ भदौ, काठमाडौं । गत बर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन ।
७ बर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी हुन । उनको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ । क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ बनेर विश्व मिनि मोडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन ।
हाल काठमाडौंमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियो बजारमा माग समेत बढेको छ।
म्युजिक भिडियोमा बालकलाकारको रुपमा अभिनयको लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्रोत बताउछ ।
यस पटक पनि यो प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउछन् । विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइन बाट हो, मेहनत राम्रैँ छ, आशा गरौ छोरीले नेपालको नाम यसपटक पनि राख्ने छिन् बुवा ऋषिले बताए ।
छोरीको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको कोर्डिनेट गरेको छ । पढाइमा पनि उत्तिकै मेहनति प्रिन्शाले यस पटक अनलाइन मार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार