नेप्सेको साइटमा आज पनि समस्या, लगानीकर्ता ‘क्लोजआउट’ पर्ने तनावमा
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १९:०:४०
१४ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या आएको जनाएको छ । सिस्टममा समस्या देखिएपछि शेयर कारोबार स्थगित भएको छ ।
नेप्सेले एक सुचना जारी गर्दै भनेको छ : नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । बजार खुलेको एक घण्टाको अवधिमा नेप्से परिसूचक ११.७९ अंकले घटेर १४४६.२४ अंकमा आइपुगेको छ ।
लगानीकर्तालाई तनाव
पटक पटक नेप्सेको साइटमा समस्या आउने भएपछि लागानीकर्तालाई तनाव सिर्जना भएको छ । नेप्से अनलाईन साइटमा देखिएको यो पहिलो समस्या भने होइन । यसअघि पनि धेरै पटक साइटमा समस्या आएका थिए । समस्या आयो भनेर नेप्सेलाई भन्दा, सामान्य र रेडिमेट जवाफ छ, अनलाईन सिस्टम हो बेला बेलामा समस्या आइरहन्छ । तर यही बेला बेलामा आउने समस्याले लगानीकर्ता भने हैरानीमा छन् ।
आज शेयर ब्रोकरहरुको टीएमएसमा उत्पन्न समस्याका कारण लगानीकर्ताहरु क्लोज आउटमा पर्ने अवस्थामा पुगेका छन् । अनलाईन कारोबार प्रणालीले खातामा नभएको शेयर बिक्री गर्नबाट बञ्चित गर्ने भनिए पनि आइतबार खातामा नभएको शेयर समेत बिक्री भएको भेटिएको देखिएको छ ।
आज बजार खुलेको केही समयमा नै टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विवरण नदेखाउने तथा डाटा लोड नहुने समस्या देखिएको थियो । एक पटक राखेको अर्डर धेरै पटक कारोबार भएको देखाउने जस्ता समस्या देखिँदै गर्दा अनलाइन प्रणालीले टीएमएसमा सञ्चित नभएको शेयर समेत बिक्री गराएको छ । जसका कारण क्लोज आउटमा परिने हो वा होइन भन्ने अन्यौलता लगानीकर्तामा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार