आधुनिक चुल्होले सुधारिएको महिलाको स्वास्थ्य
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २०:१०:४५
१४ भदौ, दैलेख । घरभित्र र बाहिरको धुवाँ र धुलाका कारण मानव शरीरमा विभिन्न खाले समस्या बढ्दै गएका छन् । धुलोधुवाँकै कारण सबैभन्दा धेरै श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । घरभित्र व्यस्त हुनुपर्ने महिलामा उमेर ढल्केसँगै दमको रोग लाग्ने गरेको छ ।
यसको मुख्य कारण अव्यवस्थित र परम्परागत चुल्हो नै रहेको निष्कर्षसहित तीन पालिकामा आधुनिक चुल्हो निर्माणको काम थालिएको छ । नौमूले, भैरवी र भगवतीमाईमा करीब एक हजार घरमा धुवाँरहित आधुनिक चुल्हो निर्माण सम्पन्न भइसकेको छ । दश वर्षदेखि पुरानै चुल्हामा खाना पकाउँदै आएका जैसरा कार्कीले नयाँ चुल्हामा खाना पकाउन निकै सजिलो भएको बताइन् ।
आगो धेरै फुक्नु नपर्ने, धुवाँ नहुने र दाउरा पनि काम लाग्ने बताइन । गृहिणी कमला योगीको पनि आधुनिक चुल्हामा बस्दा एक दिन पनि आँखाबाट आँशु झर्न नपरेको अनुभव छ । खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्दै आएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले अहिले आधुनिक चुल्हो, भाँडा राख्ने चाँङ निर्माण र भाँडा माझेको पानी जम्मा गरेर करेसाबारीमा झार्ने अभियानलाई एकैसाथ अगाडि बढाएको छ । सुधारिएको चुल्हो बनेपछि घरभित्रको भान्सामा काम गर्ने महिलालाई धेरै सजिलो मात्र नभई स्वास्थ्य सुरक्षा पनि हुने आशा गरिएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
परियोजनाका जिल्ला सल्लाहकार लक्ष्मीचन्द्र महतले तीन पालिकासँग समन्वय गरेर आधुनिक चुल्हो निर्माण शुरु गरिएको बताइन् । भगवतीमाई– ६, नौमूले– २ र भैरवी – १ मा एक हजार घरमा आधुनिक चुल्हो निर्माण गरिएको हो ।
दैलेख कोरोना सङ्क्रमणको ग्रीनजोन बनेका बेलामा हातधुने र सरसफाइ अभियानले अहिले झनै तीव्रता पाएको छ । भैरवी– ३ का बस्तीमा जाने जोसुकै नयाँ मानिसले पहिला हात धुनुपर्छ ।
साबुनपानीले राम्रोसँग हात धोएर सफा भएपछि मात्र अन्य विषयमा कुराकानी हुन्छ । गाउँमा घर नजीकै सिमेन्टको भाँडा राख्ने चाँङ बनाएको देखिन्छ । त्यसमाथि भाँडा सुकाइएको हुन्छ । सानो बाल्टीमा पानी र नजीकै साबुन राखिएको हुन्छ । घरमा आउने नयाँ मानिसका लागि अनिवार्य हात धुनुपर्ने नियम सबै वडामा बनाइएको गृहिणी कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार