सिस्टम “डाउन” भएपनि लगानीकर्ताको मनोबल घटेन, आजको कारोबार रद्द गर्न माग
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:७:४७
१४ भदौ, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिस्टममा खराबी देखिएपछि साविक भन्दा अबेरसम्म कारोबार भएको बजारमा लगानीकर्ताको उत्साह भने कमजोर देखिएन । लगानीकर्ता तनावका बीच पनि बजारमा कारोबारका लागि जाँगर चलाइरहेका थिए । आज लगानीकर्ता डबल पोष्टिङका कारण खातामा भएभन्दा बढी शेयर बिक्री हुँदा तनावमा परे । क्लोज आउटमा परिने हो कि भन्ने त्रास पनि बढेको थियो। नेप्सेले टीएमएस गडबढीका कारण भएको कारोबारमा क्लोज आउट नहुने बताएको छ ।
बजार खुलेपछि ओरालो लागेको नेप्से अन्तिम समयसम्ममा भने ४.६४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक उकालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.८० अंक घटेको छ । यस दिन १८६ कम्पनीको ३३ हजार ९७३ पटकको कारोबारमा १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार रुपैयाँ बराबरको ३६ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लागेको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३६ रुपैयाँ बढेर ४०५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने उन्नती सहकार्य, हिमालयन पावर पार्टनर र अरुण काबेली पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ९ उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ । त्यसैगरी, व्यापार उपसमूहको परिसूचक २.१ प्रतिशत र निर्जीवन बीमाको १.३१ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
कारोबार रद्द गर्न केही लगानीकर्ताको माग
आज भएको शेयर कारोबार रद्द गर्न केही लगानीकर्ताले माग गरेका छन् । टिएमएसमा समस्या भएपछि डबल पोष्टिङ्गका कारण बेच्न नचाहेको शेयर कित्ता पनि बिक्री लिष्टमा परेकोले कारोबार रद्द गर्न माग गरिएको छ ।
नेप्सेका प्रवक्क्ता मुरहरी पराजुलीले भने –ः समयमा ब्रोकर कम्पनीको टिएमएस नखुलेको र दोहोरो आदेश दाखिला हुन थालेपछि कारोबार रोकिएको हो । उनले तीन बजेसम्म उक्त समस्या समाधान भएको बताउँदै कारोबार समय थप गरेको उनले बताए । के कति कारणले कारोबारमा समस्या आएको हो भन्ने अझै यकिन भई नसकेको उनले जानकारी दिएका छन् । उनले समस्या पहिचानको लागि प्राविधिक टोली खटिएको बताए । नेप्सेको सिस्टममा देखिएको समस्याका बीचमा पनि दोस्रो बजारमा डेढ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
नेप्से आठ दशमलव ९० अंकले बढ्यो, पाँच अर्बभन्दा बढीको कारोबार
जेठ २८, २०८१ सोमबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार