महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार १३:५०:५९
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्रियामा उनले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।
महामन्त्री डा कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताइन । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भनिन । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताइन । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”, उनले भनिन । केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन । महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताइन । उनले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गरिन।
कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरे । महिलाले आवाज उठाउन नसकेको खण्डमा महिला अधिकार स्थापित नहुने उनको भनाइ थियो । केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिन । तोकिएकै समयमा कांग्रेसको १४ औँ महाधिवेशन हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला संघको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरे ।
प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, नेविसङ्घ पूर्व महामन्त्री प्रतिमा गौतमलगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्ने उल्लेख गरे। फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकको समसाययिक विषयमा फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार