के तपाईलाई थाहा छ, फेसबुक कम्पनीमा कसकाे कति तलब हुन्छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार २१:३४:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/fb_9xyX4jQGbb.jpg)
१५ भदौ, एजेन्सी । फेसबुक ‘Facebook’ एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्।
फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, श्रव्यदृश्य वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्। तर के तपाईलाई थाहा छ, फेसबुक कम्पनीका सीईओ मार्क जुकरबर्गको कूल सम्पत्ति कति हो ? यदि थाहा छैनन भने अब याद राख्नुस उनको कूल सम्पत्ति एक अर्ब ७ करोड डलर रहेको छ । संसारका सबैभन्दा धनी व्यक्तिको चौथो स्थानमा आउने जुकरबर्गले आफू कार्यरत फेसबुक कम्पनीबाट चाहिँ सबैभन्दा कम तलब पाउँदछन् ।
जुकरबर्गले फेसबुक कम्पनीबाट वार्षिक जम्मा १ डलर मात्र तलब बुझ्ने गरेका छन् । तथापि त्यसमा उनको सुरक्षा र हवाई उडानमा भएको खर्च जोडिएको छैन । जुकरबर्गले वार्षिक एक डलर मात्र तलब बुझिरहँदा फेसबुक कम्पनीका अन्य कर्मचारीहरुको तलबचाहिँ वार्षिक कम्तिमा ६ अंकमा रहेको छ । फेसबुकमा कार्यरत अधिकांश सफ्टवेयर इन्जिनियरदेखि प्रडक्ट म्यानेजर र कपिराइटरदेखि वकिलसम्मको तलब वार्षिक एक लाख डलरभन्दा धेरै छ ।
बिजनेस इनसाइडरले अमेरिकी सरकारद्वारा प्रकाशित तलब तथ्यांकको विश्लेषण गरी फेसबुक कम्पनीले अमेरिकामा आफ्ना कर्मचारीलाई भुक्तान गर्ने तलबको लेखाजोखा गरेको छ ।
कम्पनीले हरेक वर्ष आफूले जागिरमा लगाउने विदेशी नागरिकहरुको भिसा आवेदनका क्रममा भर्ने गरेको तलबको अंकका आधारमा त्यस्तो तथ्यांक संकलन गरिएको हो । यद्यपि त्यस्तो अंक केवल आधारभूत तलबमान मात्र हुने भएकोले कम्पनीले आफ्ना कर्मचारीहरुले भुक्तान गर्ने तलब तथा अन्य भत्ता सहितको कूल रकम भने त्यसबाट अधिक समेत हुनसक्दछ ।
हेर्नुस फेसबुक कम्पनीले आफ्ना विभिन्न ओहोदा र जिम्मेवारीका कर्मचारीहरुलाई दिने वार्षिक तलब :
१. डाटा वैज्ञानिक : एक लाख १० हजार डलरदेखि २ लाख १६ हजार डलरसम्म
२. सफ्टवेयर इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म
३. डाटा इन्जिनियर : एक लाख १० हजार डलरदेखि १ लाख ९५ हजार डलरसम्म
४. अनुसन्धान वैज्ञानिक : एक लाख ३५ हजार डलरदेखि २ लाख ५० हजार डलरसम्म
५. इन्जिनियरिङ म्यानेजर : एक लाख ७१ हजार डलरदेखि २ लाख ८० हजार डलरसम्म
६. टेक्निकल प्रोग्राम म्यानेजर : एक लाख ११ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म
७. प्रोडक्सन इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २१ हजार डलरसम्म
८. इन्जिनियरिङ निर्देशक : दुई लाख ८४ हजार डलरदेखि ३ लाख ४५ हजार डलरसम्म
९. एनालिटिक्स प्रमुख : एक लाख ५५ हजार डलर
१०. प्रडक्सन डिजाइनर : एक लाख ५ हजार डलरदेखि १ लाख ९९ हजार डलरसम्म
११. फ्रन्ट एन्ड इन्जिनियर : एक लाख १० हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म
१२. प्रडक्ट म्यानेजर : एक लाख १० हजार डलरदेखि २ लाख ४० हजार डलरसम्म
१३. सेक्योरिटी इन्जिनियर : एक लाख १५ हजार डलरदेखि २ लाख १५ हजार डलरसम्म ।
त्यसैगरी फेसबुकको हार्डवेयर र नेटवर्कस् विभागमा काम गर्ने कर्मचारीहरुको तलब यस्तो छ :
- ASIC & FPGA Engineer: $145,000 to $205,000
- Electrical engineer: $125,000 to $205,000
- Optical scientist: $140,000 to $180,359
- Hardware engineer: $155,000 to $208,192
- Network engineer: $78,499 to $180,000
- VP, AR/VR partnerships: $425,000
फेसबुकको नीति, सामग्री र अनुसन्धान क्षेत्रमा काम गर्ने कर्मचारीले चाहिँ तपसिलको तलब पाउँदछन् :
- Content strategist: $115,000 to $180,000
- Copywriter: $186,376
- Policy programs manager: $150,000
- SMB creative specialist: $112,172
- VP, Global Affairs & Communications: $655,500
- UX researcher: $120,000 to $162,000
त्यस्तै फेसबुकको बिजनेस, व्यवस्थापन तथा अन्य विभिन्न पदमा कार्यरत कर्मचारीहरुको तलब यस्तो छ :
- Product marketing manager: $110,779 to $205,680
- Finance manager: $145,000 to $180,000
- HR business partner: $153,000 to $220,500
- Business analyst: $130,000 to $201,676
- Events manager: $143,343
- Security analyst: $145,089
- Lead counsel: $210,000
बिजनेस इनसाइडरबाट साभार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार