बामदेवको इच्छाले अर्थमन्त्रीको जागिर संकटमा
इन्द्र रिजाल
भदौ १६, २०७७ मंगलबार १५:३७:५५
१६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिन प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली सक्रिय हुनेवित्तिकै पार्टीभित्र चलखेल बढेको देखिन्छ । डा. खतिवडालाई अर्थमन्त्रीबाट बिदा गर्न पार्टी भित्र र बाहिरबाटै ठूलो चलखेल भएको बुझाई बालुवाटारको छ । त्यसैले असान्दर्भिक भइसकेको बामदेव गौतमको भूत फेरि जगाइएको हो– स्रोत भन्छ ।
गत साता ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यसबारे सहमत गराइसकेका थिए । दुवै अध्यक्षबीच गौतमले राष्ट्रियसभामा नजाने भनेको र प्रतिनिधिसभामा उपयुक्त समयमा लड्ने मनस्थिति बनाएकाले डा. खतिवडालाई नै रिक्त राष्ट्रियसभा सदस्यमा सिफारिश गर्ने सहमति भईसकेकोमा एकाएक नयाँ फण्डा झिकिएको आरोप लगाइएको छ । बरु प्रचण्डले भने अनुसार नै नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने तयारी ओलीले गरेका थिए । तर एकाएक हिजो बिहान बामदेवले आफू राष्ट्रियसभामा जान तयार रहेको जानकारी प्रधानमन्त्रीलाई दिनुका पछाडि ठूलो षडयन्त्र रहेको ठम्याई बालुवाटारको रहेको छ ।
भोलि बस्ने सचिवालय बैठकले यसबारे टुंगो लगाउने छ । तर ओलीलाई भने अब डा. खतिवडालाई ल्याउन ठूलै सकस हुने देखिन्छ । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनको स्वामित्व लिने गरी भोलिका लागि डाँकिएको सचिवालय बैठकको अजेण्डा नै बदलिएको छ । यसले त पार्टी एकतामा देखापरेको सकारात्मक अवधारणालाई नै खण्डित गर्ने सम्भावना रहेको पनि बालुवाटारको बुझाई रहेको छ । मिल्ने चरणमा पुगेको विवादमा घीउ थप्ने काम भएको छ, यसलाई सही ढंगले व्यवस्थापन गरिएन भने पार्टी एकता नै धरापमा पर्ने अवस्था छ– बालुवाटार निकट स्रोतको भनाई छ ।
नेकपालाई क्षतविक्षत बनाउन देशी विदेशी शत्रु सक्रिय रहेको स्पष्ट गर्न पनि पछिल्लो प्रकरणले सघाउ पुगेको स्रोत दावा गर्छ । गएको फागुन १४ गते सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्यमा सिफारिश गर्न ओलीलाई निर्देशन दिएको थियो । तर ओलीले आफूविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै तीब्र असन्तुष्टी व्यक्त गर्दै उक्त निर्णय कार्यान्वयन नगर्ने बताउँदै आएका थिए । त्यसपछि वैशाख २० गते बसेको सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभामा लगेर प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले राखेका थिए । नयाँ प्रस्ताव आइसकेपछि पुरानो प्रस्ताव औचित्यहिन भइसकेको अवस्थामा फेरि भाँडभैलो गर्न खोजिएको छ– स्रोतको गुनासो छ ।
बामदेव काम्रेड स्वयंले आफू राष्ट्रियसभामा नजाने घोषणा गरिसकेको अवस्थामा कस्को दबाबमा फेरि जाने कुरा आएको हो ? भन्दै स्रोतले यसले समग्रमा मिल्न लागेको पार्टी भित्रको रडाको फेरि चर्कने संकेत गरेको छ । यस्तै हो भने प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुपर्ने हुन सक्छ भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्न ओली तयार रहेको बताए । च्याप्टर नै क्लोज भइसकेको मुद्धा कसको चाहना र इशारामा व्यूँताउन खोजिएको हो ? उनले प्रश्न गरे । उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा लैजाने निर्णय भइसकेपछि पुरानो निर्णय औचित्यहिन भएको उनको तर्क छ ।
गौतमले पनि अब नयाँ शीराबाट अगाडि बढ्ने संकेत गर्दै राष्ट्रियसभामा नजाने नै बताउँदै आएका थिए । तर हिजो अचानक ओलीलाई भेटेर आफू राष्ट्रियसभामा जाने मात्र नभई उपप्रधानमन्त्रीसमेत हुन इच्छुक रहेको जानकारी दिए । त्यो पनि अर्थमन्त्रालयकै जिम्मेवारी उनले दावी गरेपछि ओलीले यसलाई ठूलै षडयन्त्रको रुपमा बुझेका छन् । पहिला पनि अर्थमन्त्रीलाई हटाउन चलखेल भएकै हो, फेरि त्यसैको पुनरावृत्त भएको छ– ओलीले निकटहरुसँग भन्ने गरेका छन् ।
तर ओलीले नचाहेसम्म गौतम न त राष्ट्रियसभामा नै पुग्नेछन्, न सरकारमा सहभागी हुनेछन् । त्यसैले यो सन्दर्भमा ओलीमाथि ठूलै दबाब छ । कदाचित बामदेवलाई राष्ट्रियसभामा लैजानै परे मन्त्री भने नबनाउने पक्षमा ओली पुगेका छन् । बरु बामदेवजीकी श्रीमती तुलसा थापालाई मन्त्री बनाउने तर गौतमलाई भने नलैजाने पक्षमा ओली रहेको पनि निकट स्रोतको दावी छ ।
बामदेवले राष्ट्रियसभामा दावी गरेपछि प्रचण्ड र माधव नेपाल समूह उत्साही देखिएको छ । भोलिको सचिवालय बैठकले पहिला बामदेवबारे टुंगो लगाउने अनि मात्र अरु अजेण्डामा प्रवेश गर्ने कुरा वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक गरिसकेका छन् । बामदेवजीलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेको छ भन्दै उनले त्यसलाई निस्तेज गर्ने अर्काे निर्णय नभएसम्म त्यसैको बैधानिकता रहने तर्क गरेका छन् ।
यो प्रस्ताव फेरि पास गर्नु पर्दैन भन्दै नेता खनालले दोहो¥याएरै गर्नुपर्ने भए त्यो पनि हुने जानकारी दिए । बामदेवबारे निर्णय गर्नुप¥यो भने सचिवालयमा वहुमत सदस्य पक्षमा उभिने अवस्था छ । प्रचण्ड, झलनाथ, माधव र नारायणकाजी श्रेष्ठ एकढिक्का छन् । आफ्नैबारे निर्णय गर्दा बामदेव समेत त्यही कित्तामा उभिने छन् । यस्तो अवस्थामा ओली अल्पमतमा पर्ने छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार