सामूहिक खेतीमा गाउँपालिकाको सहयोग
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार २१:५:१६
१६ भदौ, भोजपुर । पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।
गाउँपालिकाले वडा नं–३ को प्याक्लाको बिज वृद्धि कृषक समूहलाई नमूनाका रुपमा गत आर्थिक वर्षमा रु चार लाख अनुदान सहयोग गरेर कामको थालनी गरेको हो । गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘‘एकल रुपमा कृषिमा लागेका धेरै कृषकलाई प्राविधिकसँगै आर्थिक सहयोग गरिरहेका छौँ, आगामी दिनमा सामूहिक कृषि प्रणालीलाई विस्तार गर्ने योजनाका साथ नमूनाको रुपमा काम थालनी गरेका हौँ, यो प्रणाली सफल भएमा अन्य क्षेत्रमा पनि विस्तार हुन्छ ।’’
स्थानीयवासीले बिज वृद्धि कृषक समूह दर्ता गरेर करिब २२ रोपनी क्षेत्रमा तरकारी खेती गरिरहेका छन् ।
समूहमा ३३ घर परिवार आवद्ध कृषकहरुले मौसमअनुसारका तरकारी लगाउने गरेको समूहका अध्यक्ष लोकबहादुर कार्कीले बताए । गाउँपालिकाले उनीहरुलाई आवश्यक परामर्श तथा प्राविधिक सल्लाह समेत दिँदै आएको छ । तरकारी बालीमा लाग्ने रोग, किराको विषयमा कृषि प्राविधिकले समयसमयमा स्थलगत अनुगमन गरी आवश्यक सल्लाह दिने गरेको कृषि शाखा प्रमुख ब्रतेन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाले सामूहिक रुपमा कृषकलाई आवद्ध गराएर थालेको यो कार्यलाई धेरैले उदाहरणीय मानेका छन् । अन्य स्थानीय तहले पनि यसको अनुसरण गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तीर्थकुमार राईले बताए । भौगोलिक क्षेत्रको आधारमा गाउँपालिकाले पकेट क्षेत्रको रुपमा कृषिमा काम गर्ने कार्ययोजना तयार गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईको भनाइ छ । उनका अनुसार गाउँपालिकाको क्षेत्रलाई चार भागमा विभाजन गरेर सामूहिक खेतीको अवधारणा तयार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार