सीटीहलको निर्माण अर्को महिनाबाट
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १६:९:११
१७ भदौ, चितवन । भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सीटीहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सीटीहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मुल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।
विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उहाँको भनाइ छ । यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण शुरु गर्न सकिने भएको छ ।
सम्झौता मितिको २७ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेको छ । आर्थिक प्रस्ताव विभागबाट अनुमोदन भइनसकेकाले के कतिमा बोलपत्र सदर हुन्छ भन्ने बारेमा आयोजनाले नजनाए पनि लागत अनुमानभन्दा कममा बोलपत्र प्रस्ताव गरिएको जनाइएको छ ।
भरतपुर महानगरको गौरवको रूपमा सभाहललाई लिइएको छ । चार बिघा जमिनमा निर्माण गर्न लागिएको सभाहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने अर्यालले जानकारी दिए । चारवटा भर्याङ्ग, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा फैलिएको उनको भनाइ छ ।
“मुख्य ब्लक मात्र एक बिघा क्षेत्रफलमा फैलिएको छ ।” सिटिहल परिसरमा दुई पाङ्ग्रे ३१७ वटा र चार पाङ्ग्रे ६७ वटा गाडी अट्ने क्षमता रहने छ । त्यस्तै विशिष्ट व्यक्तिहरुका सात वटा सवारी अट्ने छुट्टै पार्किङ हुने अर्यालले जानकारी दिए । हाल नेपालमा यति क्षमताको संञ्चालनमा रहेको सभाकक्ष छैन । अर्यालले भने, “नेपाली शैलीमा बन्ने भए पनि उच्चस्तरीय सामग्रीहरु प्रयोग गरी अत्याधुनिक बनाइने छ ।”
भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्वाचित भएदेखि नै सभाहलका लागि जुट्नु भएको हो । दाहालले भने, “पहिले त जग्गा पाउनै मुस्किल भयो, जग्गा पाएपछि सम्पूर्ण प्रक्रिया पूरा गर्न समय लाग्यो ।” दाहालले भदौ अन्तिम साताबाट काम थाल्ने तयारी गरेको भए पनि आसोज लाग्न सक्ने बताए । उनले थपे “यो महानगरको सान हुने छ ।”
यसले स्वदेश र विदेशमा चिनाउने उनको विश्वास छ । अत्याधुनिक र सुविधासम्पन्न हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने दाहालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार