ओली सरकारको अढाई बर्षे चाला ! जताततै भ्रष्टाचार र अपराध काण्ड
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १७:४०:३९
१७ भदौ, काठमाडौं । ‘‘यो सरकारले दुनियाँलाई आश्चर्यचकित बनाउने खालका कामहरू गर्नेछ’ र ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नेजस्ता ढोल–नगरा बजाउँदै बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारका अढाई बर्षमा अर्बौका भ्रष्टाचार काण्ड र अपराध सतहमा देखापरेको छ । यस्तो टिठलाग्दो वर्तमानमा प्रधानमन्त्रीसँग सोध्नुपर्ने भयो, ‘तपाईँको परिभाषा र मान्यताको भ्रष्टाचार कस्तो हुन्छ ? विकास रकम अराजक ढंगले मास्ने, जनतालाई कर बढाएर कस्ने ?
वाइडबडी विमान खरिदमा ४ अर्व ३५ करोड ५६ लाखको खुद डँकैती, ३३ किलो सून गायब र त्यसको मूलनाईके सरकारी संरक्षणमै फरार भएको कुकृत्य, मेलम्ची खानेपानी सरकारी भ्रष्टाचारकै कारण अनिश्चित भविष्यतिर, जनताका डाक्टर गोविन्द केसीसँग गरिएका सम्झौता लत्याएर उनलाई मार्ने षड्यन्त्र र चिकित्सा शिक्षामा ऐन बनाएरै माफिया पोस्ने हर्कत ।
महंगी, बेरोजगारी, असुुरक्षा, बलात्कार तथा आपराधिक घटनालाई प्रश्रय दिने कुकृत्य, प्रधानमन्त्रीबाटै भ्रष्टाचारी, दुराचारी, माफिया, दलाल, तस्करलाई सूनपानी छर्केर चोख्याउने कुकृत्य र भाषण, भ्रष्टाचार हुन नदिने र आश्चर्यचकित बनाउने उनका कामको नमूना नै हुन् । ०७६/७७ मा मात्र करिब १९०० व्यक्तिले आत्महत्या गरे, किन ? यसका कारणबारे कहिल्यै चासो र अनुसन्धान गरियो ? के को निम्ति गर्ने ?
यी घटनाहरू देखी–भोगी जान्ने नेपालीहरूका लागि ओलीले शक्ति विकेन्द्रीकरणको उल्टो केन्द्रीकरण गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान विभागहरू प्रधानमन्त्रीको हातमा ल्याउनुको नियत लाटाले पनि बुझिसक्यो । आफ्ना प्रियपात्रहरूले जत्रो र जस्तो लुट मच्चाए पनि अनदेखा गर्ने र भ्रष्टाचारीलाई चोख्याउने प्रधानमन्त्रीको गतिविधिबाट प्रधानमन्त्रीकै नियत सफा देखिएन ।
नेपाल ट्रष्टको सम्पत्ति व्यक्ति वा निजी कम्पनीलाई लिजमा दिने संशोधनले नारायणहिटी दरबार परिसर नै आज खतरामा परिसकेको छ भने अरु सम्पत्तिको के कुरा ?
मुलुक कोरोनाको त्रासबाट भयभीत भईरहेको मौका छोपेका बेला बैशाख ८, ०७७ मा दुई वटा गम्भिर र बदनाम अध्यादेश ल्याइयो । एउटा राजनीतिक दल विभाजन गर्ने र अर्को संवैधानिक परिषदले बहुमतले निर्णय गर्नसक्ने भनी विपक्षी नेताको पदेन संलग्नतालाई निषेध गर्ने नियतले नै प्रष्ट भईसक्यो । कम्युनिष्ट सरकार संविधान, लोकतन्त्र र संसदलाई एकसाथ ध्वस्त गरेर हुकुमी शासन फर्काउने नियत र दाउमा छ ।
‘गुठी एकीकरण विधेयक’ ल्याएर देशभरिका ६९ जिल्लाका झन्डै साढे दुई हजार राजगुठीको मातहतमा सञ्चालित ७१७ वटा मन्दिर, ६४७ वटा पौवा वा गुठीघर, १९२ फूलबारी, १५९ वटा पोखरी, १ हजार ५७ अमानत गुठी र पाँच हजारभन्दा बढी निजी गुठीको अस्तित्व नै आफ्नो र आसेपासेको खल्तीमा हाल्न लागिएको थियो । राजधानीमा लाखौं जनताको प्रचण्ड आक्रोश सडकमा आएपछि बाध्य भएर फिर्ता लिनुपरेको हो । तर नियत भने यथावत ज्युँ कात्युँ छ ।
अन्याय गर्ने जति दोषी हुन्छ, अन्याय सहनुमा पनि त्यति नै दोष छन् । जनविरोधी सरकारको विरुद्धमा आवाज उठाउनुबाहेक अब जनतासँग के उपाय र चारा छ ? त्यसकारण, चूप लागेर अब नबसौं । उठौं, जागौं । जय नेपाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार