सभामुखको पहल : लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाकाे व्यवस्था
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १६:३८:५७
१७ भदौ, सिन्धुपाल्चोक। अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ ।
सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ ।
लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिनेलगायतका विषयमा हिजो नै छलफल भएको छ ।
बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिए । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उनको भनाइ छ । यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए।
त्यसलगत्तै काठमाडौं फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए । गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
लिदी पहिरोपीडितलाई नौ लाख सहयोग
गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट रु पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु चार लाख गरी रु नौ लाख जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।
गैरआवासीय नेपाली सङ्घका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गरेका हुन । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो । पहिरोपीडितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार