देउवाले व्याकडोरबाट काम गरेको कांग्रेस नेताहरुको आरोप
कुसुम सेञ्चुरी
भदौ १७, २०७७ बुधबार २०:४७:१०
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ, अर्थात वैकल्पिक सरकारको हैसियत प्राप्त । तर व्यवहारमा भने उसको हैसियत भाई सरकार छ । सत्ताको भागबण्डा खोज्ने मगन्ते हैसियतमा कांग्रेस संकुचित भएको अवस्था छ । पार्टी सभापति शेरबहादुर देउवा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्यमा दत्तचित्त छन् ।
देउवाको यो हैसियत बनेको पनि कांग्रेस सभापति भएकैले हो । चार पटक प्रधानमन्त्री नै रहिसकेका देउवा प्रतिपक्षमा बस्दासमेत सत्ताको साझेदारी गर्न उद्यत् छन् । यसै पृष्ठभूमिमा कांग्रेस चौधौं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
आगामी फागुनमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको आतंकबाट केही पछाडि धकेलिएपनि ०७८ भदौसम्म गर्नैपर्ने वाध्यता छ । देउवा फेरिपनि पार्टी सभापतिमा दोहोरिन चाहन्छन् । त्यसका लागि जस्तोसुकै हतकण्डा अपनाउन उनी पछि नपर्ने संकेत गरेका छन् ।
त्यसको पछिल्लो उदाहरण बनेको छ– रसुवा जिल्लामा गरिएको समायोजन । नयाँ शक्ति पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेको भनिएका व्यक्तिलाई पार्टी सभापतिले आफूखुशी क्रियाशील सदस्यता वितरण गरेका छन् । साथै, केन्द्रीय विभागको सदस्यमा देउवाले एकलौटी रुपमा मनोनयन गरेका छन् । यो विषयमा पार्टीकै नेताहरुलाई थाहा छैन ।
०७७ वैशाख १७ गते केन्द्रीय कार्यसमिति बैठकले गरेको भनिएको निर्णय कसैको जानकारीमा छैन । बिमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले निर्णय गरि केन्द्रीय समितिको वैठकले अनुमोदन गरेको भनिएतापनि सो वैठकमा त्यस सम्बन्धि नत प्रस्ताव नै आएको छ नत कुनै छलफल र निर्णय नै भएको एक केन्द्रीय सदस्यले नेपालबहस डटकमलाई बताए । पार्टी सभापति जस्तो मान्छेले तमाम केन्द्रीय सदस्यहरुलाई गुमराहमा राखेर व्याकडोरबाट निर्णय नै नभएको विषयमा परिपत्र गर्नु हदैसम्मको कायरता भएको ती केन्द्रीय सदस्यको भनाई छ । देउवाले यस्ता परिपत्र र निर्णयहरु अन्य जिल्ला र जनसम्पर्क समितिहरुमा पनि गर्दै आएकोमा संस्थापन इतर समुहले गम्भीर आपत्ति जनाएको हो ।
उनी भन्छन्, “पार्टी भित्र सभापति देउवाले चरम वेथिति, ज्यादति र अत्याचार गर्न थालेका छन्,यस्ता दर्जनौ उदाहरणले उनी कतिसम्म गिर्न सक्छन् भन्ने देखिएको छ । सभापति जस्तो मान्छेले कुनै निर्णय लुकेर गर्नुपर्छ र ? भन्ने प्रश्न गर्दै बहुमतमा भएको सभापतिले किन बहुमतले निर्णय गरे भैहाल्यो नि भन्ने !” यस्ता दर्जनौं निर्णयका बारेमा संस्थापन इतर पक्षलाई मात्र होइन, स्वयं देउवा पक्षीय केन्द्रीय सदस्यहरुलाई समेत जानकारी छैन ।
यो भनेको पार्टी कब्जा गर्ने खेल नै हो – असन्तुष्ट पक्षका ती केन्द्रीय सदस्यले नेपालबहस डटकमसँगको कुराकानीमा भने ।
यस्तो संवेदनशील विषयमा पार्टी भित्र गहन छलफल गर्नुपर्नेमा सभापतिले कसैलाई थाहै नदिई सुटुक्क काम गर्नुपर्ने अवस्था निन्दनीय छ – उनले भने । पार्टी कब्जा गर्न लागिपरेका देउवाले पार्टीको विधिलाई धोती लगाई दिएका छन् । आफू यही विधान बमोजिम सभापति बन्ने, तर अरुका लागि भने कागजको खोस्टो बनाउने ? उनले प्रश्न गरे ।
पार्टीको निर्देशिका विपरित गरिएको समायोजन मूलतः पार्टी कब्जा गर्ने ध्येयले नै भएको हो भन्दै उनले रसुवामा खुसुक्क गर्ने तर डडेल्धुरा र सोलुखुम्बुमा उहिल्यै समायोजन प्रक्रिया सकिसक्दासमेत सदस्यता वितरण नगर्ने दोहोरो मापदण्ड अपनाइएकोमा आपत्ति जनाए । पार्टीमा क्रियाशील सदस्यता वितरण गर्न विशेष व्यवस्था रहेको छ । नेपाली कांग्रेसको विधानको धारा ४ को उपधारा १० को खण्ड (ग) र (ङ)मा अन्य पार्टीबाट नेपाली कांग्रेस प्रवेश गर्नेहरुका हकमा क्रियाशील सदस्यता वितरण गर्दा अपनाइनुपर्ने विधि र प्रक्रियाबारे प्रष्टसँग उल्लेख गरिएको छ ।
तर पार्टी भित्र आफ्नो बर्चश्व कायम राख्न देउवाले विधिविधान र प्रक्रियाको ठाडो उल्लंघन गरेका छन् । आफूलाई सहयोग गर्नेहरुलाई सभापतिकै निर्देशनमा केन्द्रबाटै मुठ्ठाका मुठ्ठा क्रियाशील सदस्यता फारम वितरण गरिएको ती केन्द्रीय सदस्यले बताए । पार्टी भित्र छलफल समेत नभएको विषयमा निर्णय भएको भनेर सभापतिले नै धाँधली गर्ने क्रम शुरु गरेकोमा धेरैले आपत्ति जनाएका छन् । देउवाको निरंकुशतालाई लगाम लगाउन असन्तुष्ट पक्ष सफल भएको चाहिं छैन । त्यसैले देउवा विरुद्ध सबैखाले आन्दोलन गर्ने मनस्थितिमा असन्तुष्ट पक्ष रहेको छ ।
यही चाला हो भने हामी सभापति विरुद्ध धर्ना र अनशनमा समेत बस्नुपर्ने अवस्था आउन सक्छ – उनले भने, पार्टीलाई विधिविधान बमोजिम चलाउने की प्राइभेट कम्पनी बनाउने ? सभापतिले चुनाव जित्ने अभिप्रायले भातृ संस्था र संगठनलाई समेत एकलौटी ढंगबाट परिचालन गर्न थालेकोमा उनले आपत्ति जनाए । सभापति जस्तो पदमा भएका व्यक्तिले लुकेर काम गर्छ भने कस्को के लाग्छ ? उनले प्रश्न गरे– बहुमत भएको सभापतिले लुकेर काम गर्नुपर्ने थिएन, यो त षडयन्त्र मात्र हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
११ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
मंसिर ४, २०८१ मंगलबार