बामदेवलाई अर्थमन्त्री नै किन चाहियो ?
इन्द्र रिजाल
भदौ १७, २०७७ बुधबार २१:१५:३१
१७ भदौ, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र लेनदेनमा मिल्न लागेको रडाको फेरि बामदेव गौतमले व्यूँताउने छनक मिलेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारीमा टुंगिन लागेको विवाद भोलिबाट अर्काे चरणमा प्रवेश गर्ने सम्भावना बढेको हो ।
विवाद मिलाउन बनेको त्रिपक्षीय कार्यदलको प्रतिवेदनको स्वामित्व ग्रहण गर्न भोलि डाकिएको सचिवालय बैठकको अजेण्डा नै फेरिने देखिएको छ । पार्टी उपाध्यक्ष गौतमले यसअघि फागुनमा गरिएको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । उक्त बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनित गर्न प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको थियो । तर सचिवालयको सो निर्णय आफूले कार्यान्वयन नगर्ने ओलीले बताउँदै आएका छन् ।
फेरि त्यो मुद्धा ब्यूँतिएको छ, गौतमले प्रधानमन्त्रीलाई भेटेरै आफू राष्ट्रियसभामा जान आतुर रहेको बताएपछि परिस्थितिले नयाँ रुप लिएको छ । गौतमले आफ्नो अडान यथावत राखेपछि माधव नेपाल पक्ष पनि हौसिएको छ । तर गौतम कुन विन्दूमा पुगेपछि कता फर्कने हुन्, भरपर्दाे अवस्था छैन– नेपाल निकट स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले गत बैशाख १० गते बामदेवलाई प्रतिनिधिसभामा लडाएर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि परिस्थितिले नयाँ रुप लिएको थियो । यसका लागि डोल्पाको सीट खाली गराएर गौतमलाई प्रतिनिधिसभामा ल्याउने वचन ओलीले दिएका थिए । अहिले भने गौतम ओलीको उक्त आश्वासनप्रति विश्वस्त हुन सकेको देखिएन । त्यसैले गौतमलाई संवोधन गर्नैपर्ने बाध्यता ओली सामु आइपरेको छ ।
भोलिको सचिवालय बैठकले सहमतिको खाका बनाउने भनिएपनि नयाँ भाउँतो आईलागकोले कसरी मिलाउने भन्ने समस्याले ओली चिन्तित भएको देखिन्छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई नै मन्त्रिमण्डलमा निरन्तरता दिन ओली चाहन्छन् । त्यसका लागि खतिवडा भदौ २० अगावै संघीय संसदको सदस्य भइसक्नुपर्ने छ । गौतमले ओली रहुञ्जेल प्रधानमन्त्री पद नत्याग्ने अवस्थामा प्रतिनिधिसभामा जान खोज्नुको कुनै अर्थ नहुने निश्कर्ष निकालेका छन् । त्यसैले उनी ओली मन्त्रिमण्डलमा आकर्षक मन्त्रालयसहित उपप्रधानमन्त्री बन्न उत्सुक देखिएका छन् ।
अस्ति प्रधानमन्त्रीसँग भेट्दा यसबारे आफूले खुलेरै कुरा गरेको गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जानकारी दिए । गौतमसँगको भेटमा ओलीले कुनै प्रतिक्रिया दिएनन् । तर हिजो साँझ भने उनले निकटवर्तीहरुसँग यसबारे गम्भिरतापूर्वक छलफल गरेको स्रोतले बताएको छ । छलफलका क्रममा दुईथरि विचार आएको स्रोतले बतायो । एकथरिले अहिलेको संकटबाट पार लाग्न गौतमलाई राष्ट्रियसभामा सिफारिश गरेर सरकारमा समेत सामेल गराउँदा ओलीलाई लाभ पुग्ने तर्क आएको थियो । तर अर्काथरिले भने प्रधानमन्त्रीलाई असफल बनाउने अस्त्रका रुपमा प्रचण्ड माधव समूहले गौतमलाई प्रयोग गर्न सक्ने भएकाले रोक्नुपर्ने सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओली भने दुवै थरिको तर्क सुनेपनि आफ्नो धारणा भने राखेनन्– स्रोतको भनाई छ । तर प्रधानमन्त्रीको बडी ल्याङ्वेज चाहिं दोस्रो मतकै पक्षमा हो की जस्तो देखिएको उनले बताए । बामदेवलाई राष्ट्रियसभामा ल्याउन ओली तयारै थिए, तर प्रचण्डले अर्थमन्त्रालयसमेत जिम्मा लगाएर मन्त्रिमण्डलमा लैजान भनेपछि सशंकित भएका हुन् । बामदेवलाई अर्थमन्त्रालय नै किन भनियो त्यो अनुसन्धानको विषय बनेको छ । यसअघि पनि डा. खतिवडालाई अर्थ मन्त्रीबाट हटाउन ठूलै चलखेल भएको ओलीले बुझेका छन् ।
अर्थमन्त्रालयसमेत दिएर बामदेवलाई सरकारमा लैजान आएको प्रस्तावले अली झस्काएको हो – बालुवाटार निकट स्रोतले भनेको छ । त्यसैले अहिलको अवस्थामा कसरी जाने भनेर निर्णय गरिहाल्न ओलीलाई सकस भएको देखिन्छ । समग्र राजनीति आफ्नो अनुकुल हुने अवस्थामा मात्रै ओलीले डा. खतिवडालाई त्याग्ने संकेत गरेका छन् । यसका लागि आज साँझसम्म एकपटक बामदेवसँगै छलफल गर्ने सोचमा ओली रहेको पनि उनले जानकारी दिएका छन् ।
गौतमलाई जबर्जस्ती राष्ट्रियसभामा ल्याउनुपर्दा ओलीले मन्त्रिमण्डलमा भने उनलाई स्थान नदिने सोच बनाएको बुझिएको छ । यस्तो अवस्था आए बरु बामदेव पत्नी तुलसा थापालाई महिला मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री रहेको पनि उनले दावा गरेका छन् । यसो हुँदा गौतमपनि नबिच्कने बुझाई प्रधानमन्त्रीको रहेको उनले बताए । साथै, प्रचण्डलाईसमेत साथ लिएर गौतमका बारेमा निर्णय गर्ने पक्षमा ओली रहेका छन् । गौतमले इच्छा देखाएपछि ओलीलाई थोरै अफ्ठेरो परेको छ, तर त्यसले खासै फरक नपार्ला भन्दै स्रोतले प्रचण्ड र गौतमसँगै ओलीले कुरा गरेर मिलाउने दावा गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार