दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २१:१४:५७
१७ भदौ, नारायणपुर । दाङ र अर्घाखाँचीका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरीस्थित राप्ती नदीमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ ।
राप्ती गाउँपालिका –२ को राप्ती नदी कटाहाघाटमा ४५ वर्षीय एक महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयवासीले शव किनारमा तैरिरहेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।
अर्घाखाँचीमा सर्पले डसेर मृत्यु
जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो । यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार