इटालीका विदेशमन्त्रीद्वारा लिबियाका सरकार र विपक्षीसँग भेटवार्ता
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २१:४३:३३
१७ भदौ, एजेन्सी । इटालीका विदेशमन्त्री लुइजी डी माइयोले युद्धरत लिबियाका नेताहरुसँग भेटवार्ता गरेका छन् । राष्ट्रसंघको मान्यताप्राप्त लिबियाली सरकार र विपक्षीबीच युद्धबिराम भएलगत्तै इटालीका विदेशमन्त्री माइयो मंगलबार त्रिपोली पुगेका हुन।
त्रिपोलीमा उनले लिबियाली सरकार प्रमुख फायेज सर्राजसँग भेटवार्ता गरेका छन् । लिबियाली अधिकारीहरुका अनुसार मन्त्री माइयोले टोब्रुकस्थित विपक्षी संसदका सभामुख अगिला सालेहसँग पनि भेट गर्ने छन् । सन् २०११ मा नेटोको अग्रसरतामा भएको आन्दोलनबाट मोहम्मद गद्दाफीको शासन ढलेयता लिबियामा अस्थिरता जारी छ । लिबियाको राजधानीसहितका क्षेत्रमा पश्चिमा राष्ट्रहरु र राष्ट्रसंघ समर्थित सरकार रहेको छ भने पूर्वी क्षेत्रमा खलिफा हिफ्तारका लडाकूहरुको नियन्त्रण छ ।
सर्राजले गत अगष्ट २१ मा युद्धबिरामको घोषणा गरेका थिए । उनले सर्ते शहरलाई गैरसैनिक क्षेत्र बनाउन आह्वान समेत गर्नु भएको छ । यो शहरहुँदै लिबियाको मुख्य तेल निर्यात टर्मिनल पुग्न सकिन्छ जहाँ हिफ्तारका लडाकूको नियन्त्रण कायम छ ।सर्राजको कार्यालयले जारी गरेको वक्तव्यमा डी माइयोसँगको भेटवार्तामा स्थायी युद्धबिराम र सर्ते तथा जुफ्रालाई गैरसैनिक क्षेत्रमा रुपान्तरण गर्ने बारेमा सालेहसँग सम्झौता भएको जनाइएको छ ।
यसैबीच, युरोपेली युनियनका विदेश मामिला प्रमुख जोसेफ बोरेलले पनि त्रिपोलीमा सर्राजसँग भेटवार्ता गरेका छन् ।विगतमा पनि युद्धरत दुबै पक्षबीच युद्धबिराम भए पनि त्यो दिगो हुन सकेको थिएन ।हिफ्तारका सैनिकले त्रिपोलीलाई नियन्त्रणमा लिन सन् २०१९ को अप्रिलदेखि सशस्त्र कारबाही थालेको थियो । तर टर्कीको सहयोगमा त्रिपोली सरकारले हिफ्तारको अभियानलाई गत जुनमा धराशायी बनाएको थियो । त्रिपोली नजिक पुगेका हिफ्तारका सैनिकलाई त्रिपोली सरकारले परास्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार