प्रधानमन्त्री ओलीका दुई सल्लाहकारमाथि वरिष्ठ पत्रकार घिमिरेको कटाक्ष
कुसुम सेञ्चुरी
भदौ १८, २०७७ बिहिबार २०:४५:४६
१८ भदौ, काठमाडौं । “आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो” जस्तो भएको छ प्रधानमन्त्री केपी ओलीको नियति ।व्यक्तिगत रुपमा बालबच्चासमेत नरहेका ओलीले राजनीतिक उत्तराधिकारी तयार गर्न लामै कसरत गर्दैछन् । आफूपछि राजनीतिक बिरासत कसलाई थमाउने भन्ने उनको पिरलो कसैले बुझिदिएन । केही नलाग्दा उनी बेलाबेला राष्ट्रपति पदमै आसिन भइसकेकी विद्यादेवी भण्डारीलाई समेत आफ्नो राजनीतिक उत्तराधिकारी बनाउने सोच्छन् । त्यसैले विद्याको ताउरमाउर बेलाबखत खप्नु–टिक्नु हुँदैन । तर राष्ट्रपति भइसकेकाले उनलाई सक्रिय राजनीतिमा हामफाल्न त्यति सहज भने छैन ।
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओली अहिले मात्र होइन, एमाले हुँदैदेखि गुट चलाउने नेतामा गनिन्छन् । अहिलेपनि उनको खेलोफड्को उस्तै छ । सानो घेरामा बस्न र काम गर्न रुचाउने ओलीका वरिपरि भने चण्डाल मण्डली रहेको छ । तिनले ओलीप्रति बाँदरभक्ति दर्शाउने गर्छन् । तीमध्येका दुई सल्लाहकार विष्णु रिमाल र डा. राजन भट्टराईका कारण ओलीको शीर निहुरिने अवस्थामा पुगेको नेकपा वृत्तमा चर्चा हुने गरेको छ । यी दुई चाटुकारको कामले राष्ट्र, राष्ट्रियता र लोकतन्त्र नै धरापमा परेको आरोप सर्वत्र लगाइदैछ । यसबारे देशसञ्चार डटकमका प्रधानसम्पादकसमेत रहेका नेपाली पत्रकारिता क्षेत्रमा लामो योगदान दिने वरिष्ठ पत्रकार युवराज घिमिरेका भनाई यहाँ राख्नु बाञ्छनीय छ । पत्रकार घिमिरेका आरोप होइन, तथ्यपरक प्रस्तुतिले ओली राजको धेरै पाटो उघार्ने जमर्काे गरेको छ ।
केही समयअघि देशका मूलधारका सञ्चारमाध्यमले समेत प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा. भट्टराईले नेपाल भारत सम्बन्धबारे अनुसन्धान गर्न चिनियाँ पक्षबाट आफ्नै श्रीमतीको नाममा १५ लाख रुपैयाँ हत्याएको तथ्य सार्वजनिक गरेका थिए । यो प्रकरण सार्वजनिक भएपछि त्यसलाई ढाकछोप गर्न ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल आफैं धोती खोलेर मैदानमा ओर्लिएका छन् । यसले ओलीको मात्र नभई समुच्चा राष्ट्रकै इज्जत धुमिल भएको धेरैले टिप्पणी गरेका छन् । तर रिमाल भने उल्टो पत्रकारलाई शिकारीको संज्ञा दिंदै उनीहरुमाथि नै खनिएका छन् ।
रिमालको यस्तो प्रतिक्रियाप्रति आफ्नो धारणा देशसञ्चार शून्यसमयमा राख्दै वरिष्ठ पत्रकार घिमिरे भन्छन् – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यही भदौ १३ गते आफ्नो फेसबुक पेजमा व्यक्त गरेका धारणाले स्वतन्त्र पत्रकारितामाथि गम्भिर र खतरनाक आरोप लगाउनु भनेको सार्वजनिक ओहोदामा बसेकाले जे गर्दापनि हुन्छ भन्ने मनोविज्ञानको उपज हो । नेपाल भारत प्रवुद्ध समूहको सदस्यसमेत रहेका डा. भट्टराईले प्राप्त गरेको सूचना राष्ट्रहितमा प्रयोग गरिनुको सट्टा चिनियाँ राजदूतावासलाई केही आर्थिक लाभको लालचमा बिक्री गर्नु राष्ट्रघाती कुरा हो – पत्रकार घिमिरेको ठहर छ ।
साथै, यस्तो गम्भिर विषयमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जस्तो गरिमामय र जवाफदेही पदमा रहेका व्यक्तिले हल्का टिप्पणी गर्दै पत्रकारहरुमाथि लाञ्छना लगाउन खोज्नु अर्काे त्रुटी हो । नेपालका पत्रकारले सधैं जिम्मेवार भएर कर्तव्य निर्वाह गरेको यथार्थ सत्तामा पुगेपछि कसरी विर्सियो – घिमिरेले प्रश्न गरेका छन् । देशका सबै सूचनामा पहुँच भएका डा. भट्टराईले केही रकम प्राप्त गर्नैका लागि यस्तो नीच र आपत्तिजनक काम गर्दा कारवाही हुनुपर्नेमा उल्टै “दूधको साक्षी बिरालो” भनेजस्तो उन्मुक्ति दिन खोज्नु अर्काे अपराध भएको पनि वरिष्ठ पत्रकार घिमिरेले उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको सल्लाहकारजस्तो गरिमामय पदमा बस्ने व्यक्ति नैतिकवान हुनुपर्छ, जबकी डा. भट्टराईको पृष्ठभूमि सधैं गैरसरकारी संगठनसँग जोडिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संगठनको चरित्र भनेकै सम्बन्धित देशको नीतिगत पक्षमा प्रभाव पार्नेखालको हुन्छ, त्यस्ता व्यक्तिले सरकारको जिम्मेवार पदमा बस्न मिल्दैन–पत्रकार घिमिरेको भनाई छ । तर डा. राजन भट्टराई भने आफ्नो राजनीतिक पहुँच र प्रभावको दूरुपयोग गरी देशकै संवेदनशील सूचना अन्यत्र बिक्री गर्ने दिशामा अग्रसर हुँदासमेत प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले उल्टो पत्रकारलाई नैतिकताको पाठ पढाउन थाल्नु बिडम्बनाको विषय हो– घिमिरे भन्छन् ।
सार्वजनिक पदमा रहेकाहरुले यस्तो काम गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा प्रधानमन्त्री ओलीले नै बुझ्ने कुरा हो । सामाजिक सञ्जाल र मूलधारका मिडियाले नै चरित्रहत्या गर्ने काम गरेको भन्दै रिमालले चित्त दुखाएको देखिन्छ । तर ग्लोबल वाच एनालाईसिस भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रोनाल्ड ज्याकलले लेखेको उक्त समाचार गलत थियो भने रिमालले त्यसको प्रतिवाद गर्नुपथ्र्यो । तर रिमालले त्यहाँ कुनै पनि असहमति दिएको पाइएन, बरु त्यसैलाई आधार बनाएर तयार गरिएको समाचारलाई प्रकाशन वा प्रशारण गर्ने सञ्चारमाध्यमप्रति आफ्नो कुाण्ठा पोख्ने काम भएको छ ।
पत्रकार घिमिरे भन्छन्– पत्रकारिताको धर्म र नैतिकताबारे प्रश्न गर्ने रिमालजीहरुले आफूलाई सही ढंगले चलाउनेतिर ध्यान दिनु बेश हो । साथै, सरकारी ओहदामा बसेकाहरुले गैरसरकारी वा विदेशी संस्थासँग आर्थिक लाभ लिनेगरी कुनै प्रोजेक्ट गर्ने काम सही हो भनेर प्रष्टीकरण दिन सक्नुभयो भने रिमालजीको आरोप स्वीकार्न सकिएला अन्यथा नेपालीमा एउटा उखान छ “जो चोर उसैको ठूलो स्वर” ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार
भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुटो हल्ला
जेठ १५, २०८१ मंगलबार