बेनी नगरपालिकाको भवन निर्माण शुरु, ४८ लाखमा ठेक्का सम्झौता
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १३:१३:५०
१९ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ ।
गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कोरोनाको जोखिमका बीच पनि निर्माण कम्पनीले स्थानीय मजदुर परिचालन र निर्माण सामग्री जुटाएर भवन निर्माणलाई तीव्रताका साथ अघि बढाएको छ ।
यसैगरी बेनी नगरपालिकाको वडा नं ७ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिकका लागि पुस्तकालय चोकमा अर्को भवन पनि निर्माण भइरहेको छ । तीन तले भवनको गत वर्ष कालीगण्डकी निर्माण सेवासँग रु २४ लाखमा सम्झौता भएअनुसारको काम सकिएको छ ।
यो वर्ष थप बजेटको व्यवस्थापन गरेर भवनलाई पूर्णता दिइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । यसैगरी अर्थुङ्गेमा वडा नं ६ को कार्यालय भवन निर्माण शुरु भएको छ । रु ५१ लाख ७४ लाख २५३ मा तिलक निर्माण सेवाले ठेक्का लिएको थियो । गत आर्थिक वर्षमा कोरोना र बन्दाबन्दीका कारण काम प्रभावित भएपछि म्याद थप गरेर निरन्तरता दिइएको लेखा अधिकृत मीनबहादुर बानियाले बताए।
बेनी नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय खारेज भएको तत्कालीन भुसंरक्षण कार्यालयका लागि निर्माण भएको भवनमा छ । यसैगरी तत्कालीन अर्थुङ्गे गाविसको पुरानो भवनमा तला थप गरिएको छ । धेरै शाखा र कर्मचारीका लागि कार्यकक्ष अभाव भएपछि नयाँ भवन निर्माण थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार