टोखामा प्रादेशिक अस्पताल निर्माण हुने
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २३:८:१०
१९ भदौ, काठमाडौं । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।
टोखाको भदौ ७ गते बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सिफारिस गरेको थियो । उक्त स्वास्थ्य केन्द्र अब प्रदेश मातहत अस्पतालका रुपमा सञ्चालन हुनेछ । उक्त स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै ५० श्यया अस्पताल बन्नेछ ।
प्रदेश सरकारले हरेक जिल्लाको एउटा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँको प्रादेशिक अस्पतालमा पर्न सफल भएको हो । केन्द्रमा आइसोलेशन सेन्टर स्थापना गरेर कोभिड–१९ का बिरामीको उपचार गरिएको । शुरुमा १७ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएकोमा वस्था हेरेर क्रमशः सय श्यया पु¥याउने लक्ष्य राखेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए।
टोखामा बिहीबारसम्म २३३ कोरोना सङ्क्रमित देखिएका छन् जसमध्ये ९२ डिस्चार्ज र १३८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ९९ होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए । नगरपालिकाले होम आइसोलेशनमा बसेर कोरोना उपचार गराइरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गर्दै आइरहेको छ ।
वाग्मती प्रदेशको बिहीबारको बैठकले टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, दोलखाको चरिकोट अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नती गरी प्रदेश अस्पताल बनाउने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार