मत्स्येन्द्रनाथ झडप : हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाई गर्न राप्रपा अध्यक्ष राणाको माग
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शनिबार १:१५:१६
१९ भदौ, काठमाडौं । मत्स्येन्द्रनाथको रथ तान्ने युवाहरूलाई अविलम्ब रिहाई गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले एक ट्वीट गरेका छन् । सरकारले समयमै निकास नदिँदा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा दुखद घटना घटेको राणाले बताएका छन् । मत्स्येन्द्रनाथको जात्रा मान्ने विषयमा स्थानीय जनता, गुठियारहरू सरकारसँग पाँच महिना यता संवादमा रहे पनि सरकारले वास्ता नगरेको अध्यक्ष राणाको भनाइ छ ।
सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो भन्दै स्थानीय र गुठियारलाई विश्वासमा लिएर चौध सय वर्ष पुरानो परम्परा कायम राख्न सरकारलाई राणाले आह्वान गरेका छन । झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको पनि माग गरेका छन् ।
‘रातो मत्स्येन्द्रनाथ को रथ तान्ने विषयमा स्थानीयहरू सरकारसँग पाँच महिनादेखि वार्तामा छन् । सरकारले समयमै निकास नदिँदा चौधसय वर्ष लामो परम्परा मान्ने क्रममा हिजो दुखद घटना घट्यो । कर्फ्यू त्यसैको बाध्यात्मक उपज हो, स्थायी समाधान होइन । रथ बनीसकेपछि जात्रा रोक्नु भएन,’ राणाले शुक्रबार ट्वीट गर्दै भने ।
‘सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो । यही सत्य मनन् गरेर समाधान दिन जनताद्वारा जनताको सरकारलाई आह्वान गर्दछु । स्थानीय र गुठियारलाई विश्वासमा लिनु बुद्धिमानी हुने अवगत गराउदछु,’ उनले भने । ‘झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको माग गर्दछु,’ अध्यक्ष राणाले सरकारको ध्यानाकर्षण गर्दै भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
भुजुङ गाउँ घरवासका लागि प्रख्यात
जेठ १४, २०८१ सोमबार
विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार