गुराँस लाइफको त्रुटीपूर्ण हिसाबले शेयरमा उतारचढाव, १ करोड ९० लाखको हिसाब खै ?
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार २१:५८:१
२९ भदौ, काठमाडौं । त्रुटीपूर्ण ब्यालेन्ससीटका कारण गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीले प्रस्तावित १३ प्रतिशत बोनस पाउनबाट बञ्चित भएका छन् । इन्स्योरेन्सले गत वर्ष २०७६ कार्तिक १९ गते आफ्ना शेयरधनीलाई १३.१०१५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।
चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजारको १३.१०१५ प्रतिशतले हुन आउने रकम १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस प्रस्ताव गरेको कम्पनीले १० महिनापछि आएर शेयरधनीलाई पहिले दिन प्रस्ताव गरेको बोनस दरमा परिवर्तन गरेको छ ।
पहिला आफैंले प्रस्ताव गरेको बोनस दिन नसक्ने भन्दै शेयरधनीलाई पुनः १०.५० प्रतिशत मात्रै बोनस शेयर दिने घोषणा गरेको छ । सँगै बोनस प्रस्ताव गरेका अन्य बीमा कम्पनीका शेयरधनीले पाउने नगद लाभांश तथा बोनस पाइसके पनि गुराँस लाइफ इन्स्योरेन्सभित्र व्यवस्थापन समुहको अपरिपक्क कार्यशैलीका कारण शेयरधनी लाभांश प्राप्त गर्नबाट वञ्चित हुन पुगेका छन् ।
गुँरास लाइफका सुचना अधिकृत बोधलाल पुरीका अनुसार कम्पनीले पहिला प्रस्ताव गरेको बोनसमा शेयरधनी आफैँले कर तिर्नुपर्ने शर्त रहेको थियो । तर अहिले प्रस्ताव गरेको वोनस शेयरमा लाग्ने कर कम्पनीले नै तिर्ने बताए । बीमा समितिले त तपाईहरुले प्रस्ताव गरेको बोनस वितरण गर्नको लागि रोक लगाएको छ नि भन्ने प्रश्नमा उनले कम्पनीले शेयरधनीलाई बोनस वा नगद लाभांश के कति दिने भन्ने कुराको निर्णय गर्न बीमा कम्पनी स्वतन्त्र भएको दावी गरे ।
बीमा समितिका एक अधिकारीले गुराँस लाइफको बोनस शेयर वितरणका लागि प्रस्ताव गरेअनुसारको वित्तीय विवरण पेश नगरेका कारण बोनस शेयर वितरणका लागि अनुमति दिन नसकेको बताए । व्यालेन्ससीट हेर्ने क्रममा थुप्रै कैफियत देखिएको उनले बताए । ब्यालेन्ससीट रिभ्यु गरेर ल्याउन भनेपनि गुराँस लाईफले ब्यालेन्ससीटमा देखिएको त्रुटी सच्याएर हालसम्म बीमा समितिमा नबुझाएको उनले बताए ।
गुराँस लाइफले पहिला प्रस्ताव गरेको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजारको १३ प्रतिशत बोनस शेयरले हिसाब गर्ने हो भने १२ करोड २९ लाख ६० हजार रुपैयाँ बोनस बाँड्नुपर्ने हुन्छ । तर यो प्रस्ताव त्रुटीपूर्ण रहेको पुष्टि भएपछि पुनः गत भदौ २१ गते इन्स्योरेन्स संचालक समितिको १५४ औं बैठकले चुक्त पूँजीको १०.५० प्रतिशतले हुन आउने रकम ९ करोड ८५ लाख ४४ हजार ६ सय रुपैयाँ बोनस बाँड्ने जनाएको छ ।
तर प्रस्तावित १३ प्रतिशत बोनस र अब बाँड्न लागिएको १०.५० प्रतिशत बोनस बीचको हिसाब भने प्रष्ट देखिएको छैन । अहिले बाँड्ने भनिएको १०.५० प्रतिशन बोनस शेयरमा लाग्ने कर ५० लाख हाराहारी मात्रै हुन्छ । यसको मतलब २०७७ भदौ २१ को निर्णयलाई आधार मान्ने हो भने पनि करसहित कम्पनीले दिने बोनस रकम भनेको १० करोड ३५ लाख भन्दा धेरै हुँदैन । यस हिसाबमा २०७६ कार्तिक १९ मा प्रस्तावित बोनस रकम र पुनः २०७७ भदौ २१ मा दिने भनि प्रस्ताव गरेको बोनस रकम बीच झण्डै १ करोड ९० लाखमाथिको फरक देखिन पुगेको छ ।
त्रुटिपूर्ण हिसाब गरेर दोस्रो बजारमा कारोबार भइरहेको गुराँस लाइफको शेयर मुल्यमा आकाश जमिनको फरक देखिन पुगेको छ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले कम्पनीको आधिकारिक निर्णयलाई पनि शेयर खरिदबिक्रीको आधार मान्ने गर्दछन् । सोही कारण एक वर्षभित्र कम्पनीको शेयर मुल्य न्यूनतम ३४६ बाट बढेर १०२६ रुपैयाँसम्म कारोबार भएको देखिन्छ । शेयर मुल्य घटबढ गराएर कम्पनी व्यवस्थापनले करोडौं घोटाला गरेको अनुमान लगाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार